काठमाडौँ: यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १९ कम्पनीका ९१ लाख ८० हजार सात सय १८ कित्ता शेयर ५७ हजार आठ सय ६३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार एक सय सात बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूह शून्य दशमलव ६५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ०५ र वित्त समूह एक दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ०१, लगानी एक दशमलव १८, जीवन बीमा शून्य दशमलव ८१, लघुवित्त शून्य दशमलव ३९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ८२, व्यापार एक दशमलव ३५ र अन्य समू शून्य दशमलव ३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाहारी हाईड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ४० प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स फावर लिमिटेडको २२ करोड तीन लाख १२ हजार आठ सय ३४ रुपैयाँ बराबरको दुई लाख ५२ हजार एक सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
Trending
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
