एजेन्सी: अमेरिकामा यात्रु विमान र सैनिक हेलिकप्टर ठोक्किँदा ६७ जनाको ज्यान गएको छ ।
वाशिंगटन डिसीमा अमेरिकी सेनाको हेलिकप्टर र अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै ठोक्किएको थियो । ठोक्किएपछि विमान र हेलिकप्टर दुबै पेटोम्याक नदीमा खसेका थिए । उक्त दुर्घटनामा विमानमा सवार ६४ र हेलकप्टरका तीन ६७ जनाकै ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।
उक्त घटना २००१ पछि अमेरिकाको सबैभन्दा घातक हवाई दुर्घटना मानिन्छ । २००१ मा एअर फ्लोरिडाको फ्लाइट ९२९ दुर्घटनामा परेको थियो जसमा ७८ जनाको ज्यान गएको थियो ।
त्यस्तै २००१ को सेप्टेम्बर ११ को आक्रमणमा अलकायदाले चारवटा यात्री विमान अपहरण गरी आतंकवादी हमलामा प्रयोग गरेको थियो । ती चार विमानहरूमध्ये दुई विमान न्यू योर्कको वर्ल्ड ट्रेड सेन्टरका टावरमा ठोक्काइएका थिए । एक विमान पेन्टागनमा र अर्को विमान पेनसिल्भेनियाको खेतमा दुर्घटनाग्रस्त भयो । यस हवाई आक्रमणमा २,९७७ जनाको मृत्यु भएको थियो ।
अहिलेसम्म २८ शवहरू निकालिएका छन् । जसमा हेलिकोप्टरका तीन सैनिक पनि छन् । घटनास्थलमा उद्धार कार्यहरू जारी छन्।
विमान र हेलिकप्टर ठोक्किनुको कारण अझै स्पष्ट हुन सकेको छैन । नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड (एनटीएसबी) ले दुर्घटनाको कारणको बारेमा रिपोर्ट आउन ३० दिनसम्म लाग्न सक्ने भन्दै अनुमान गर्न उपयुक्त नहुने जनाएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार मौसम स्पष्ट थियो । वासिंगटन, क्यान्सासबाट उडेको जेट रूटिन ल्यान्डिङ गर्दै थियो तब अचानक हेलिकप्टरले यसको बाटोमा आयो ।
