सिन्धुपाल्चोक: करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा १ हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ । लामो समयदेखि तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको खुल्ला गोदाममा थन्किएर बसेको ५० केजीको दुई हजार ६ सय बोरा मल काम नलाग्ने अवस्थामा पुगेको छ ।
कृषि सामाग्री केन्द्र र आयातकर्ताबीच मूल्य एकीनमा बिवाद हुदाँ सो परिणामको रासायनिक मल भन्सार कार्यालयमै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । सिनोम्याक्स÷सिल्क मार्केट र अर्को एक र्फमको जोइनभेन्चरले चीनबाट मल आयात गरेको थियो । चालु आर्थिक बर्ष अघि पनि करिब डेढ बर्षसम्म त्यत्ति नै परिणामको मल थन्किएर बसेको थियो । आयातकर्ता र कृषि सामाग्री केन्द्रबीच आपासी समझदारीमा मल राजधानी पठाईएको थियो । तर यस पटक भने लामो समयसम्म केन्द्र र आयातकर्ताबीच बिवाद नटुंगिएपछि मल थन्केर बसेको छ ।
आयातकर्ता र केन्द्रबीच मलको मूल्यको बिषयलाई लिएर उच्च अदालतमा मुद्धा परेको थियो । अदालतले दुवैलाई मध्यमार्गी बाटो अपनाएर मलको बिषय टुंगाउन आदेश दिएको छ । अदालतको आदेश बमोजिम केन्द्र र आयातकर्ताले समन्वयत्मक बाटोबाट समस्या समाधान गरेर मल राजधानी पठाउन पर्ने छ । तर अहिलेसम्म उनीहरु बीच समन्वय समेत हुन सकेको छैन् । त्यसकारण मल भन्सारकै गोदाम थन्किएको छ भने यत्ता कृषकहरु मल अभावमा बालीमा प्रयोग गर्न पाएका छैनन् । केन्द्रले सिनोम्याक्स÷सिल्क मार्केट र अर्को एक र्फमलाई मल आयातका लागि ठेक्का दिएको थियो ।
तातोपानी भन्सारले उक्त मल जफत गरेर राजधानी पठाउन पनि सकेको छैन् । जाँचपास गर्ने बाहेक भन्सार कार्यालयलाई जफत गर्ने अधिकार नदिएको भन्सार कार्यालयले जनाएको छ । केन्द्र र आयातकर्तालाई छिटो बिवाद टुंगाएर मल जाँचपास गरेर राजधानी लैजान भन्सारले आग्रह गरिरहेको छ । कृषि सामाग्री केन्द्रले परीक्षणकर्ता तोकेर मलको ल्याव टेष्ट गरेपछि बालीनालीमा प्रयोग गर्न उपर्युक्त छ की छैन भनेर एकीन गरेपछि मात्रै भन्सारले जाँचपास गर्ने पर्ने छ ।
भन्सार अधिकृत काफ्ललेकानुसार सबै प्रक्रिया पूरा गरेर आएमा मल जाँचपास गरिने बताउनुुभयो । तर अहिलेसम्म दुई पक्षबीच सहमती भएर आएको छैन् । त्यसकारण मल भन्सार गोदाममै थन्किएकोले भन्सारमा अरु सामान गोदा मगर्न समस्या भईरहेको छ ।
फोटो क्याप्सनः करिब ८ महिनादेखि तातोपानी भन्सार कार्यालय गोदामको खुल्ला ठाउँमा थन्किएर बसेको २ हजार ६ सय बोरा रासायनिक मल ।