काठमाडौँ: काठमाडौँ प्रहरीले पुनः अर्को एउटा ठुलो अनलाइन जुवा र अभौतिक मुद्रा कारोबारमा संलग्न भएको आरोपमा ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले बुढानिलकण्ठको एक भाडाको घरबाट मंगलबार साँझ पक्राउ गरिएको हो।
प्रहरीको दावी अनुसार उनीहरुले हालसम्म २ अर्व ९६ लाख रुपियाँ भन्दा बढी रकमको सट्टेबाजी खेल्ने र खेलाउने गरेकोसमेत पुष्टी भएको छ। यस अघि पनि प्रहरीले २३ जना भारतीयहरु सोहि क्षेत्रबाट परेका थिए ।
घटनासम्बन्धि थप विवरण यस प्रकार छन् ।
मिति २०८१।१२।१२ गते अन्दाजी १७:१५ बजेको समयमा काठमाडौं जिल्ला, बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरुले अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ यस कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले तपसिलमा उल्लेखित व्यक्तिहरुलाई निम्न दसीका सामानहरुसहित अनलाइन जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले २ अर्व रुपैयाँ भन्दा बढी रकमको कारोवार हुनेगरी अनलाईन जुवा (सट्टेबाजी) खेल्ने/खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा (Crypto Currency) को कारोबार समेत गरेको देखिन आएकोले निजहरुलाई सम्मानित काठमाडौ जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
पक्राउ परेका प्रतिवादीः
१. देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बूढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २४ को सनी मिणा,
२. देश भारत, राजस्थान प्रदेश आलुवा जिल्ला घर भई ऐ. बस्ने वर्ष २५ को मोहित वर्मा,
३. देश भारत, राजस्थान प्रदेश शिक्कर जिल्ला घर भई ऐ. बस्ने वर्ष २६ को पिउस भारद्वाज,
४. देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई ऐ. बस्ने वर्ष २५ को हरकेश डडैया,
५. ऐ. घर भई ऐ. बस्ने वर्ष २२ को निशांत भारद्वाज,
६. ऐ. घर भई ऐ. बस्ने वर्ष २३ को आकाश वर्मा,
७. ऐ. घर भई ऐ. बस्ने वर्ष १९ को अंकित कुमार सैनी,
८. ऐ. घर भई ऐ. बस्ने वर्ष २३ को सन्जु शाकला,
९. ऐ. घर भई ऐ. बस्ने वर्ष २८ को रामसिंह जाठ,
१०. ऐ. घर भई ऐ. बस्ने वर्ष १९ को लोकेश कुमार,
११. ऐ. घर भई ऐ. बस्ने वर्ष १९ को विकाश कुमार ।
बरामद दसीः
१. विभिन्न कम्पनीको मोवाईल फोन थान – ३४
२. विभिन्न कम्पनीको ल्यापटप थान – ५
३. हिसाबकिताबको अभिलेख राखिएको नोट बुक (कापी) थान – ४
४. भारतीय बैंक खाताको चेक बुक थान – १४
५. भारतीय ATM कार्ड थान – २७
६. भारतीय सिमकार्ड – ४०
