काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार(आज) फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्दै अहिलेसम्मको महँगो बनेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यसअघि सोमबार १ लाख ८६ हजार रुपैयाँ प्रतितोला रहँदै सुनकिो मूल्य अहिलेसम्मकै महँगो बनेको थियो तर उक्त रेकर्ड आज ब्रेक भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आजको लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको असर नेपाली बजारमा देखिएको व्यवसायी बताउँछन् ।