काठमाडौंः चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा शुरुवात गरे ।
जिम्मेवारी सम्हाल्नासाथ संघीय राजधानी केन्द्रीत विशिष्टिकृत उपचार प्रदेशस्तरसम्म पुर्याउने घोषणा गरेका मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अंग प्रत्यारोपणसँगै मुटु उपचार विस्तार गरेका हुन् ।
सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गरे ।
‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने ।
अस्पतालमा निर्मित जलन वार्डको समेत मन्त्री पौडेलले उद्घाटन गरे । अब भरतपुर अस्पतालमा जलनका बिरामीको समेत उपचार हुने भएको छ । मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका थिए । सोहीअनुसार आइतबार भेरी अस्पतालमा सेवा शुरु भएको छ भने सोमबार भरतपुरमा समेत वार्ड शुरुवात गरिएको हो ।
अब जलनका बिरामीको अस्पतालमा उपचार सहज हुने भएको छ । यसअघि गम्भीर जलनका बिरामीले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अब भरतपुर तथा आसपासका पायक पर्ने ठाउँका बिरामीलाई त्यो समस्या हटेको छ ।
यससँगै संघ सरकारअन्र्तगतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनकसहितका आठ सेवा शुरु भएको छ । वैशाख महिनामा सेवा थाल्ने तालिकाअनुसार अस्पतालमा सेवा शुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Trending
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
