काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ५ हजार ३ सय रुपैयाँले बढी १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेकाे छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
Facebook Comments Box