काठमाडौँ: नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति शेयर बजारका लागि बम्पर सावित हुने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्तिलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ ।
गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर बजारप्रति उदार देखिएका हुन् । यसअघि १५ करोड रहेको सेयर धितो कर्जाको सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याइएको हो ।
यसको पहिलो कारण शेयर धितो कर्जामा केन्द्रीय बैङ्कले व्यक्तिका लागि सीमा बढाइदिनु हो । संस्थागतको हकमा सीमा हेरफेर नगरे पनि गभर्नर पौडेलले व्यक्तिका हकमा १५ करोडको सीमालाई २५ करोड रुपैयाँ पुर्याइदिएका छन् ।
लगानीकर्ताहरूले यसअघि सीमा नै खारेज गरिदिन भनिरहेका थिए । तर, पौडेलले सीमा बढाइदिएका हुन् ।
