काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
