काठमाडौँ: कारोवारको अन्तिम समयमा आएर सेयर बजार परिसूचक (नेप्से)मा सुधार आएको छ । आज उतारचढाबका बीच नेप्से २ दशमलब ६९ अंकले बढेर एक हजार २४१ दशमलब ३६ अंकमा पुगेर बजार बन्द भएको छ ।
दुई दिनदेखि निरन्तर घटेको नेप्सेमा आज सुधार आएको हो
आइतबार नेप्से १० दशमलब ४७ अंक र सोमबार १८ दशमलब ०४ अंकले घटेको थियो ।
आजको कारोवारमा सबै भन्दा बढी जीवन बीमा समूहको परिसूच १४ दशमलब ६२ अंक र निर्जीवन बीमा समूहको परिसूचक १२ दशमलब १५ अंकले बढेको छ भने बाणिज्य बैंक एक दशमलब ६३अंक, अन्य ७ दशमलब ७७ अंक, ब्यापार एक दशमलब ६९ अंक र लघुवित्त ३ दशमलब ०८ अंकले बढेको छ ।
यधपी, उत्पादन मूलक समूहको परिसूचक ५ दशमलब ६८ अंकले, जलबिधुत २ दशमलब ९१ अंक र विकास बैंक शुन्य दशमलब ४४ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार ८७७ कारोबारबाट ४५ करोड १९ लाख ९३ हजार ४८५ रुपैयाँ बराबरका २० लाख ३१ हजार ४९६ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
नेप्सेमा सोमबार १६५ कम्पनीहरुको कारोवारबाट ५३ करोड ९३ लाख २८ हजार ३८५ रुपैयाँ बराबरका १७ लाख ६० हजार ६०७ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए भने आइतबार १६६ कम्पनीहरुको ५ हजार ७५४ कारोबारबाट ५८ करोड २२ लाख ५० हजार ८२८ रुपैयाँ बराबरका २० लाख ८२ हजार ९२० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।