काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम अगाडि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पहिरो गएको स्थानको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको छ।
रुख कटानको काम सम्पन्न हुनासाथ आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ।
सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
