काठमाडौँ l साताको बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अंकले बढेर ४४९.५० विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक ०.१५ अंकले बढेर १७४.३५ र सेन्सेटिभ फ्लोट परिसूचक ०.१२ अंकले बढेर १५१.७३ विन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबारमा १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक बढेको छ भने ४ उपसमूह घटेका छन्। कुल १४५ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर र आशा लघुवित्तका लगानीकर्ताले लाभ लिएका छन्। पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त र आरक/सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन्।
