काठमाडौं । सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्त गरेको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. निश्चलनाथ पाण्डे (भारत) डा. कल्याणराज शर्मा ( चीन), चिरनजंग थापा (संयुक्त राज्य अमेरिका), पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (संयुक्त अधिराज्य -यूके) जिग्यान कुमार थापा( जापान), सुरेशकुमार कर्ण (इजरायल), प्राप्ति शेरचन ( स्पेन), शारू जोशी ( जर्मनी), डा. पद्माक्षी राणा (ओमान) चूडामणि खरेल ( मलेसिया )प्रा. डा. सङ्गम श्रेष्ठ ( दक्षिण कोरिया) डा. मंचल झा ( श्रीलंका) र गिरीबहादुर सुनार ( साउदी अरेबिया) राजदूत रहेका छन् ।
राजदूतका लागि सिफारिसमा परेका नाम सुनुवाइको लागि परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ समितिमा पठाउनेछ । संसदीय समितिबाट अनुमोदित भएका नाममा एग्रिमो बनाई परराष्ट्रले सम्बिन्धत देशमा पठाउँछ । सम्बन्धित देशबाट एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिले ती व्यक्तिहरूलाई राजदूत नियुक्त गर्ने कानुनी प्रावधान छ ।
