काठमाडौँ: काठमाडाैं उपत्यकािभत्र टिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि पुन: घटाएको हो ।
अब पहिलाकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
यसअघि, काठमाडौँ जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको थियो भने त्यहीदिन साँझ भक्तपुरमा राति टिपरबाट एक व्यक्तिको मृतु भएपछि निर्णय परिबर्तन भएको हो ।
Facebook Comments Box