काठमाडौँ: नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । बैंकले ९१ दिने १ अर्ब रुपैयाँ र १८२ दिने १ अर्ब ८९ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
९१ दिने ट्रेजरी बिल पुस २४ गते परिपक्क हुनेछ भने १८२ दिने ट्रेजरी बिल कार्तिक २२ गते परिपक्क हुनेछ ।
यसैबीच राष्ट्र बैंकले ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्दैछ । बोलकबोल दिउँसो ३ बजे खुला हुने बताइएको छ । बोलकबोल गर्दा अनलाइन मार्फत गर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन विभागले जनाएको छ ।
सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको स्रोत जुटाउन ट्रेजरी बिलको बिक्रि गरिन्छ । यो ट्रेजरी बिलको बिक्रि प्रबन्धक नेपाल राष्ट्र बैंक अन्र्तगतको सार्वजनिक ऋण व्यवस्थापन विभाग हो ।