काठमाडौँ: मलेसियामा जारी विश्व क्रिकेट टी-२० एसिया क्षेत्र ‘बी’ समूहको छनोट खेलमा आइतबार पनि नेपालका सन्दिप लामिछानेले व्यक्तिगत पांच विकेट लिएका छन्।
शनिबार भएको अर्को खेलमा पनि उनले पांच विकेटनै लिएका थिए जसमा उनी म्याच अफ दि सेरिज प्लेएर घोषित भएका थिए।
नेपालको पहिलो इनिङ्गमा करण केसीले १४ बलमा ४० रनको विस्फोटक पारी खेलेसँगै मलेसियामा जारी टी-२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र बीको तेस्रो खेलमा नेपालले थाइल्याण्डलार्इ १ सय ७३ रनको लक्ष्य दिएको छ।
अहिले थाइल्याण्ड ९ ओभरमा ९ विकेट गुमाउंदै जामा १८ रनमा खेलिरहेको छ भने अहिले खेल वर्षाले प्रभावित बनेको छ।
मलेसियाको वायुमास ओभल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन जोडेको हो। करणले २ चौका र ४ छक्कासहित अन्तिममा विस्फोटक पारी खेल्दै नेपाललार्इ सो स्कोरमा पुर्याएका हुन्।
त्यसअघि नेपालका लागि शरद भेषावकरले ३४ रनको पारी खेलेका थिए। २८ बल खेलेका उनले २ चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे। २६ बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे।
यस्तै अनिलकुमार साहले २५, विनोद भण्डारीले १५ रन जोडे। कप्तान पारस खड्का ५ तथा ज्ञानेन्द्र मल्ल ७ रनमै पवेलियन फर्किएका थिए।
सुरुवाती दुर्इ खेलमा लगातार जित हात पारेको नेपालले थाइल्याण्डलार्इ पराजित गरे अंकतालिकाको शीर्ष स्थानमा उक्लिनेछ। पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालार्इ समान ८ विकेटले पराजित गरेको नेपालले ४ अंकसहित हाल अंक तालिकाको तेस्रो स्थानमा छ।
छनोटको शीर्षमा लगातार तीन खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ भने पाँच अंक रहेको थाइल्याण्ड दोस्रो स्थानमा छ।
असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन्। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन्।