काठमाडौँ: टाेखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदीलार्इ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सुवेदीलाई एक लाख रूपैयाँ रकम सहित नियन्त्रणमा लिएकाे हाे।
अधिकृत सुवेदीले उपभाेक्ता समुह मार्फत निर्माण भएकाे बाटाेकाे भुक्तानी दिनका लागि घुस मागेकाे अायाेगले जनाएकाे छ।
अायाेगका प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार उपभाेक्ता समुह मार्फत सम्पन्न भएकाे निर्माण कार्यकाे भुक्तानी दिन सुवेदीले अानकानी गर्दै अाएकाे थिए।
‘काम सम्पन्न गरेकाे भुक्तानी दिन घुस मागेका थिए। रंगेहात पक्राउ गरेर कारवाही थालेका छाैं,’ सहसचिव दंगालले भने।
Facebook Comments Box