काठमाडौं: पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
पोखरा रंगशालामा आजबाट सुरुहुने लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ । खेल उद्घाटन सत्रसकिएपछि ११ बजेसुरु हुनेछ ।
कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
सर्वाधिक पुरस्कार राशिको पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त अर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।
Facebook Comments Box