Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। आफ्नो एक महिने कास्की पोखराको बसाइपछि शाह आज आइतबार अपराह्न चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। समिट एयरको ९एन–एकेजेड कलसाइनको जहाजमार्फत काठमाडौँ आएका शाहलाई विमानस्थलदेखि नै समर्थकहरूले स्वागत गरेका थिए। उनको स्वागतका लागि राप्रपा, राप्रपा नेपालसहितका दलका शीर्ष नेता विमानस्थल पुगेका थिए। विमानस्थल क्षेत्रको सडकमा शाहको स्वागतमा ठूलो संख्यामा समर्थकहरू भेला भएका छन्। पूर्वराजाको स्वागतमा हुने प्रदर्शनका कारण कुनै अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ। प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक दलका शीर्ष नेताहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले राजनीतिमा आउने…
काठमाडौँ:नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को २१ गतेको निर्णयानुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४ बुँदामा मागेको सफाइ पेस गरेका छन्। १६ पृष्ठ लामो सफाइ पत्र ऊर्जा मन्त्रालयमा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठकले २१ गतेको निर्णयअनुसार कुलमानलाई ४ बुँदामा सफाइ पेस गर्न मौका दिएको उल्लेख गरेको थियो। सोहीअनुसार ऊर्जा मन्त्रालयले २२ गते पत्र पठाउँदै स्पष्टीकरण मागेको थियो। कुलमानले १६ पृष्ठको सफाइ पत्रमा गत वर्षको कार्यसम्पादन प्रतिवेदन पेस नगरी मन्त्रालय र उनीबीच ०७८ माघ ५ गते भएको कार्यसम्पादन सम्झौताको शर्त उल्लंघन गरेकोले सम्झौता अन्त्य गरी नियुक्ति रद्द नगर्ने भन्ने प्रश्नको ७ बुँदामा जवाफ दिएका छन्। त्यसैगरी उनले भारत–नेपाल ऊर्जा व्यापारबारे…
काठमाडौं । सरकारले विदेश भ्रमणमा कडाई गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विदेश भ्रमण अव्यवस्थित भएको भन्दै सरकारी टोलीको विदेश भ्रमणमा कडाई गर्ने निर्णय गरेको हो । जसमा अब विदेश भ्रमणमा जादाँ कुनै पनि मन्त्रालयको मन्त्री र सचिव सँगै जान नपाउने निर्णय भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एउटै मन्त्रालयको मन्त्री र सचिव एउटै कार्यक्रममा सहभागि नहुने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘एउटै मन्त्रालयको मन्त्री र सचिव एउटै कार्यक्रममा सहभागि नहुने निर्णय गरिएको छ । त्यस्तो भ्रमण स्वीकृत नगर्ने निर्णय भएको छ । किनभने…
काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ भने सचिव सुमनराज अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरेको छ । यस्तै बैठकले राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव वीरेन्द्रकुमार यादवलाई कर्णाली प्रदेश सरकारको कायम मुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारीमा पठाएको छ । यादव भर्खरै मात्रै सहसचिवबाट सचिवमा बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, यस अघि नै कामू प्रमुख सचिवको जिम्मेवारीमा मदन भुजेल गइसकेकाले सरकारले उनलाई सचिवमा बढुवा गरेको छ ।
काठमाडौँ:सरकारले संघीय संसदका दुबै सदनबाट स्वीकृत भएका अध्यादेशलाई प्रतिस्थापन विधेयक संसदमा पेश गर्नका लागि स्वीकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई प्रतिस्थापन विधेयकका रुपमा संसदमा पेश गर्नका लागि स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सुशासन प्रबर्द्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश, २०८१, निजीकरणसम्बन्धी अध्यादेश, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ संघीय संसदका…
काठमाडौँ: सरकारले निर्धारित समयभित्रै भूमि अध्यादेश पनि पारित हुने दाबी गरेको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भूमि अध्यादेशबारे सत्तारुढ दलहरूबीच छलफल चलिरहेको बताए। उनले भने, ‘सरकारले ६ वटा अध्यादेश जारी गरेको थियो। जारी भएको अध्यादेश सांसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ५ वटा प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन्। एउटा बाँकी छ। ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ। भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक छ। त्यसैले त्यो हराएको छैन।’ भूमि अध्यादेश पारित गर्न जसपा नेपालले अस्वीकार गरेपछि अहिले होल्डमा राखिएको छ।
काठमाडौं ।काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो हैसियत बिर्सिएर अहिलेको व्यवस्थामाथि प्रश्न गरेको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले राजाले देश बचाउन नसक्ने तर्क गरे । उनले भने, ‘यो मुलुक उदार लोकतन्त्र भएको हो । तर, त्यसको पनि सीमा हुन्छ । अरू मुलुकमा भएको भए ४०/५० वर्षसम्म मुलुकमा शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई त्यो शासन उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने हो । तीनको सम्पति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास छ । तर, हामीले स-सम्मान नागार्जुन दरबारमा राखेका…
अर्थतन्त्रमा निजी क्षेत्रको ८१ % बढी र रोजगारीमा ८६ % भन्दा बढी योगदान रहेको छ काठमाडौँ: नेपाल उद्योग बाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले नेपालमा खोलिएको कागज उद्योग आइएमई ग्रूपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र नभएर यो उद्योग नेपालको औद्योगिक यात्रामै नयाँ शुरुवात भएको बताएका छन् । “यो उद्योगको सञ्चालन मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको हाम्रो प्रतिवद्धता हो । विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को यो एक उदाहरण हो,” उनले विहीबार नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीज प्रालिको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले भनेका छन्, उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने…
काठमाडौँ:आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गर्नु भयो ।उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गर्नु भयो । २ अर्व रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले ५/६ वटा स्पष्टीकरणको जवाफ दिएको भन्दै स्पष्टीकरणको अर्थ नरहेको बताएका छन्। बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशका सडक बत्तीको महसुल भुक्तानी गर्ने पालिकाहरूलाई प्रशंसापत्र वितरण कार्यक्रममा बोल्दै घिसिङले आफूले अन्तिम समयसम्म राष्ट्रका लागि काम गर्ने स्पष्ट पारे। ‘आज हो कि भालि हो भन्ने हल्ला तपाइँले सुन्नुभा होला। तर भए पनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने, ‘मैले ५/६ वटा स्पष्टीकरण दिएँहोला। सोधियोहोला। यसले माने राख्दैन। मलाई ० दिएपनि सय दिएपनि त्यसले पनि माने राख्दैन।’ घिसिङले जतिसुकै स्पष्टीकरण खानुपरेपनि आफू अन्तिम क्षणसम्म प्राधिकरणको काममा लागिरहने बताए। ‘हामी सबैले राष्ट्रिय…