काठमाडौँ:
भारतले गएराती गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
पाकिस्तान आर्मी इन्टर सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म ३५ जना घाइते भएको जनाएका छन् ।
भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा आक्रमण गरेको जनाएको छ । तर पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमण भएको बताएको छ ।
ठूला विस्फोटको आवाजले आफुहरुलाई स्तब्ध बनाएको पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादका बासिन्दाहरूले बताएका छन् । भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ ।
भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।
गत महिना कश्मीरमा पर्यटकहरूमाथि भएको घातक आतंकवादी आक्रमणपछि आणविक हतियार सम्पन्न दुवै देशबीचको सम्बन्धमा तीव्र गिरावट आएको छ । कश्मीर पूर्ण रूपमा भारत र पाकिस्तान दुवै देशले दाबी गर्दै आएको छ ।
Trending
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
