Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाकी श्रीमती र छोरीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । आज आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमा पनि कोरोना संक्रमित छन्।
काठमाडौँ: बुध्द एयर आज २३ औं वर्ष पुरा गरेको छ । सन् १९९७ आजकै दिन अर्थात् ११ अक्टोवरका दिन नेपाली आकाशमा बुध्द एयरले पहिलो उडान गरेका थिए । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएका थिए । आज २३ वर्ष पूरा गर्दा बुध्द एयरसँग १३ जहाज, १०० कर्मचारी तथा लाखौंलाख देशीविदेशी यात्रु जोडिन आइपुगेको छ । बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ ले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । अझ नेपाली आकाशका लागि २४ मार्च ‘कालो दिन’ नै भयो । उडान ठप्प भए पनि जहाजको नियमित…
काठमाडौँ: नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार छापावाल सुन ८०० रूपैयाले बढेको छ । नयाँ बृद्धिसँगै आज छापावाल सुन प्रति तोला ९५ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भएको छ । साताको अन्तिम दिन शुक्रबार चाँदी तोलाको ११९५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ : सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड को साधारण शेयर (आईपिओ) मा आवेदन गर्ने आज ( असोज २५ गते) अन्तिम दिन रहेको छ । लगानीकर्ताले आईपीओमा मेरो शेयर सफ्टवेयरका साथै नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आइतबारसम्म कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । मेरो शेयरबाट आवेदन गर्नेले भने ५ बजेसम्म आईपीओ भर्न पाउनेछन् । साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर शुक्रmबारसम्ममा नै कम्पनीको आईपीओमा साढे ७ लाख बढीले आवेदन गरिसेकाले कम्पनीको आईपीओ ३० प्रतिशतभन्दा कम आवेदनले मात्र गोलाप्रथाबाट १०…
काठमाडौँ: नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक संघको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । डा.गोविन्द केसी र सरकारबीच सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता गरिएको संघका महासचिव डा.बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, आवासीय चिकित्सकहरुले पनि आजदेखि गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । नेसनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै सबै कार्यक्रम फिर्ता लिएको जनाएका हुन्। शनिबार राति सरकारी पक्ष र डा.केसी प्रतिनिधिबीच ८ बुँदे सहमति भएको थियो।
काठमाडौँ: सरकारसँग ८ बुँदे सहमति भएसँगै डा.गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडेका छन् । शनिबार राती सरकारसँग सहमति भएपछि डा.केसीले आइतबार बिहान अनसन तोडेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् । डा.केसीले अनसन तोडेपछि उनको स्वास्थ्य अवस्था नाजुक भएकाले थप उपचारका लागि आइसीयूमा भर्ना गरिएको छ । भदौ २९ मा जुम्लाबाट १९औँ अनसन थालेका केसीले विभिन्न ६ बुँदे माग राखेका थिए । चिकित्सा शिक्षा र क्षेत्र सुधारको मागसहित उनले यो अनसनमा यो पटक भ्रष्टाचारका विषय छानविन र कारबाहीको मुद्दा पनि अघि सारेका थिए । कर्णाली…
काठमाडौँ: सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गर्नुभएको छ। ‘सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,’ गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा तुलाधारले भन्नुभयो। शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताउनुभयो। सरकारले गठन गरेको…
काठमाडौँ: राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट वितरण नगर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट वितरण गर्ने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ। केही दिनमै सूचना जारी गरेर नयाँ नोट वितरण नगर्नेबारे जानकारी गराइँने राष्ट्र बैंक स्रोतले जनाएको छ। राष्ट्र बैंकले हरेक वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो।
बाँके: बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो । बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत वृद्धको शनिबार राति ९:५५ बजे मृत्यु भएको हो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो । दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको…
एजेन्सी: आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईमाथि शानदार जित निकालेको छ। चौथो जित हात पार्ने क्रममा बैंगलोरले दुबईमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हरायो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य पच्छ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमा समेटियो । चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट तथा वासिङ्गटन सुन्दरले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ…
