Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले अनलाइनमार्फत नै सेयर कारोबार गर्न लगानीकर्तासँग आग्रह गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको भन्दै एसोसिएसनले ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरुसमेत उच्च जोखिममा परेको जारी विज्ञप्तिमा उल्लेख छ। संघले कतिपय कम्पनीहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणसमेत देखिसकेको जनाएको छ। हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य गर्न सकिने संघले विज्ञप्तिमा भनेको छ। ‘सेयर कारोबार विद्यतीय माध्यमबाट नै गर्न सक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट…

Read More

काठमाडौं: अपि पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १ बराबर ०.४८ हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दार्चुलामा निर्माण गरिरहेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि अपुग रकम जोहो गर्न हकप्रद सेयर जारी गर्न लागेको हो । सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत आश्विन १८ गते स्वीकृत प्राप्त गरेको छ । कम्पनीका अनुसार २०७६ फागुन ३० गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ सेयरबराबर नयाँ ०.४७६१९०४७६१९ (१ : ०.४७६१९०४७६१९) अनुपातमा सेयर जारी गर्न लागेको । ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको माथिल्लो चमेलियामा कूल लागतमध्ये ३० प्रतिशतले हुने २ अर्ब २२ करोड करोड रुपैयाँको हकप्रद…

Read More

साउल, २३ असोज (रासस) : नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७।१७ ट्रिलियन वोन पुगेको छ । सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १।४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १।७२ ट्रिलियन वोन पुगेको छ । त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८९०…

Read More

काठमाडौँ: चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन् । यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र म प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । हामीले कोरोना संक्रमण जितेका छौँ,’ उनले लेखेका छन् ।

Read More

काठमाडौं: सरकारले नेपाल एयरलाइन्सको महाप्रबन्धकमा प्रकाश पौडेललाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई एयरलाइन्सको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल निगम सञ्चालक समितिका सदस्य रहेका थिए । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल सत्तारुढ दल नेकपा निकटका कार्यकर्ता हुन् । निगममा महाप्रबन्धकको पद करिब डेढ वर्षदेखि रिक्त रहेको थियो। महाप्रबन्धकको सट्टा कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्षलाई दिइएको थियो। सरकारले गठन गरेको वायुसेवा निगम सुधारका लागि गठित सुझाव कार्यदलमा पौडेल सदस्य रहेका थिए। यसअघि उनले विभिन्न कम्पनीहरुको व्यवस्थापन तहमा बसेर काम गरिसकेका छन्।

Read More

काठमाडौं : मुलुकभर आज विहीबार एकै दिन ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिए। दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। सक्रिय संक्रमितको संख्या पनि २५ हजार नाघिसकेको छ । कोरोना संक्रमण तीव्र वृद्धि भए पनि सरकार भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा नगर्ने पक्षमा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले कतिपय अस्पतालमा थप शय्या व्यवस्थापन गरेर भए पनि लकडाउन घोषणा नगर्ने योजना रहेको बताए। ‘दसैंअघि भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा गर्ने कुनै योजना छैन’, मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमका ती पदाधिकारीले भने। कोरोना संक्रमितहरू घरमै र संस्थागत आइसोलेसनमा बसिरहेका छन्। मन्त्रालयका प्रवक्ता…

Read More

गोरखा: बहालवाला प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन्। पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताए। ‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा। प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु…

Read More

रसुवा: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड – १९ का कारण चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको बताउनुभएको छ । मन्त्री ज्ञवालीले रसुवागढी क्षेत्रको अवलोकन गर्ने क्रममा आज स्थानीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई टिमुरेमा सम्बोधन गर्दै सीमा क्षेत्रमा आइपर्ने तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि आफूले स्थलगत रूपमा सीमा क्षेत्रको भ्रमण गरेको बताउनुभयो । । उहाँले रसुवागढी नाका व्यवस्थापनअन्तर्गत टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा जानकारी लिनुभएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने छिटोछरितो कार्य सम्पादन गरी राष्ट्रसेवकको भूमिका निर्वाह…

Read More

दाङ: दाङ प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका छन्। उनीहरूलाई प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार मध्यान्हतिर दाङको लमही नगरपालिका वडा नं. ९ अमिलिया बजार क्षेत्रबाट पक्राउ गरेको हो। यो दाङ र बाँकेको सीमाना जोडिएको पूर्व पश्चिम राजमार्ग क्षेत्र हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले विशेष सूचनाका आधारमा जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको बताए। ‘बिस्कुट जस्तै बनाएर जुत्तामुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा ५/५ सय ग्रामको सुन जस्तै देखिने धातु प्रहरीले उनीहरूबाट बरामद गर्न सफल भएको छ,’ डिएसपी खड्काले भने,…

Read More