Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : साताको अन्तिम दिन आज ९बिहीबार० शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ११.३४ अंकले घटेर १५८९.६३ मा पुगेको छ । नेप्से ०।७१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १।६५ अंकले घटेर ३१४।७४ मा पुगेको छ । कूल १९३ वटा कम्पनीको एक करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहको शेयर बढेको छ…
काठमाडौं : नेकपाले पार्टी एकीकरणको बाँकी काम असोज अन्तिमसम्ममा सम्पन्न गर्ने भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बिहीबार भएको छलफलमा एकताको बाकी काम असोज अन्तिमसम्म सकाउने समझदारी बनेको हो। ‘उहाँहरुबीच आज भएको छलफलमा पार्टी एकीकरणको बाकी काम यहि महिनाभित्र सम्पन्न गर्ने सहमति बनेको छ, अब दुई अध्यक्ष र महासचिवले त्यसबारे थप तयारी गर्नु हुनेछ,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेको २८ महिनासम्म ३ आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुङ्गिएको छैन। बुधबार बसेको बैठकमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति गरेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले एकताको बाँकी काम…
काठमाडौं: पछिल्लो चौबीस घण्टामा उपत्यका भित्रिने र बाहिरिनेको संख्या हाराहारीमा देखिएको छ । गएको चौबीस घण्टामा विभिन्न नाका प्रयोग गरी ४ हजार ५ सय ३१ वटा सवारीसाधनमा १९ हजार ६८८ यात्रु उपत्यका भित्रिएका छन् । सोही अवधिमा ४ हजार ४६६ सवारीसाधनमा १९ हजार ७८६ यात्रु उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चौबीस घण्टाकै अवधिमा उपत्यकामा ३३ वटा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । यस्तै उपत्यकामा जोर गते जोर नम्बरका सवारीसाधन सञ्चालनमा छन् । यही जोरबिजोरको उल्लङ्घन गर्ने १५५ वटा सवारीसाधनलाई उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको…
काठमाडौं: सुनको मूल्य लगातार घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा सुन २ सय रुपैयाँले घटेको छ। प्रति तोला ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधवार तोलामा ८ सय रुपैयाँले घटेर तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँ कायम भएको छ। बुधवार तोलामा २५ रुपैयाँले घटेर तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको छ। आज सुन प्रति औंस १८८७.७१ डलरमा कारोबार भएको छ।
काठमाडौं: सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्यबीच औैपचारिक वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य डा. लोचन कार्कीले जानकारी दिए । डा केसी विगत २५ दिनयता ६ बुँदे माग राख्दै आमरण अनशनमा छन्। अनसनको २४ दिनमा सरकारले बुधबार दिनमा तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो । सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा गगन गरेको तीन सदस्यीय वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा छन् ।…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाह विरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ । आयोगले साह विरुद्ध कूल २२ लाख बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ । आयोगले अनिता निर्माण सेवाका सञ्चालक शान्ती राना, सन्तोष साहका बाबु नारायण साह सुडी लगायत विभिन्न निर्माण व्यवसायी कम्पनी र व्यवसायीले गलत कामलाई प्रश्रय दिई भ्रष्टाचार…
काठमाडौं: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यका अनुसार बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । स्वकीय सचिव बज्राचार्यले भने, ‘मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।’ यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार मेमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए । यसैगरी बुधबार दिउँसो नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन…
काठमाडौं- डा.गोविन्द केसीका माग सम्बोधनका लागि आज वार्ता हुँदैछ । तर, समय भने तय भइनसकेको सरकारी वार्ता टोलीका संयोजक समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले बताए । ‘सरकारले बुधबार अबेर निर्णय गरेकाले समय तय भइसकेको छैन, मैले डा.केसीका प्रतिनिधिसँग पनि कुरा गरिरहेको छु सकभर १ बजे अघि नै नत्र ४ बजेपछि वार्ता गर्छौँ,’ मैनालीले भने । १ बजेदेखि शिक्षासम्बन्धीको सार्कस्तरीय भर्चुअल मिटिङमा सहभागी हुनुपर्ने भएकाले त्यसअघि नै या त ४ बजेपछि वार्ता गर्ने मैनालीले बताए । २५ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले उहाँका जायज माग सम्बोधन गर्ने प्रतिबद्धतासहित अनसन तोडाउने तयारी भएको…
काठमाडौँ: कोभिड–१९ बाट श्रृजित समस्याबाट ब्यापारीक क्षेत्रमा देखिएको शिथिलतालाई चलायमान बनाउन तथा अनलाईन ई कमर्सको माध्यमद्धारा उद्यमी ब्यवसायकोब्यापार अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बर र सोचेको डट कम बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठ र सोचेको डट कमका प्रवन्धनिर्देशक शैलेश लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सभापति श्रेष्ठले अनलाईनको बढ्दो प्रयोगको साथै चेम्बरसंग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डट कम पोर्टल माध्यमद्धारा एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान विक्रि वितरण गर्न लागिएको र यो व्यवस्था प्रभावकारी हुने बताइन् । नेपाल महिला चेम्बर नेपालका…
काठमाडौं: २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा रहेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक संघले आजै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने, जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक…
