काठमाडौं: सुनको मूल्य लगातार घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा सुन २ सय रुपैयाँले घटेको छ। प्रति तोला ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधवार तोलामा ८ सय रुपैयाँले घटेर तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँ कायम भएको छ। बुधवार तोलामा २५ रुपैयाँले घटेर तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको छ। आज सुन प्रति औंस १८८७.७१ डलरमा कारोबार भएको छ।
Facebook Comments Box