Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३ विन्दुले घटेर एक हजार ५८२.१२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ ले वृद्धि भई ३१२.४६ मा रहेको छ । कूल १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर रु दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ बराबरको कारोबार भयो । यस्तै बजार पूँजीकरण भने बढेर रु २१ खर्ब आठ अर्बको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर…

Read More

काठमाडौं : एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज र युट्युब प्रयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विभिन्न व्यक्तिले चरित्रहत्या र ठगी गरेको भनी दिएको उजुरीका आधारमा उनलाई आइतबार इलामबाट पक्राउ गरी ल्याएर आजदेखि आवश्यक अनुसन्धान थालिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । उनले विभिन्न ठाउँमा जागिर लगाई दिने बहानामा पैसासमेत ठगी गरेको…

Read More

ललितपुर : कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालय पाँच दिनको लागि बन्द गरिएको छ। कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि २३ गतेसम्मलाई कार्यालय पूर्ण रुपमा बन्द गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिए। अग्रपंक्तिमा रहेमा सेवा दिने केही कर्मचारीमा कोरोना संक्रमण भएपछि अन्य कर्मचारीर सेवाग्राहीलाई फैलन नदिन कार्यालयका सबै सेवा पाँच दिनको लागि बन्द गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Read More

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २४ सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।

Read More

काठमाडौं : प्रदेश नम्बर ५ को राजधानीमा असन्तुष्ट प्रदेशसभा सदस्यहरुले त्यहाँको बैठकहलमा रहेका कुर्सी टेवल तोडफोड गरेका छन् । बैठक सुरु हुनासाथ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई रोष्ट्रममा जान रोकेका सदस्यहरुले केहीबेरपछि नै त्यहाँ रहेका कुर्सी तोडफोड गरेका हुन् । प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सि तोडफोड गरेका हुन्। विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन्।

Read More

काठमाडौं : नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ ।

Read More

काठमाडौं : ग्लोबल आईएमई बैंकले पाल्पा, रौतहट र गुल्मीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२५ पुगेको छ । पाल्पाको रैनादवी छहरा गाउँपालिका ८, सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय छवि सरा सिञ्जाली, रौतहटको कटहरीया नगरपालिका ५, कटहरीयामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय महमद जलालुदीन हक र गुल्मीको मालिका गाउँपालिका ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय भरत पराजुलीलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्‍न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन्…

Read More

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको छ । आज बसेको बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीको प्रदेश इन्चार्जको हैसियतले प्रदेशसभाका सदस्यलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिनुभएको नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ । यही असोज १६ गते शुक्रबार प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने…

Read More

काठमाडौं: कर्मचारीलाई कारोना संक्रमण देखिएपछि राजधानीका यातायात कार्यालय बन्द भएका छन् । ठूलो भर्‍याङ र जगातीस्थित चालक अनुमतिपत्र कार्यालय तथा गुर्जुधरास्थित मोटरसाइकल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । तीनवटै कार्यालयका सेवा अर्को सूचना नआउन्‍जेलसम्मका लागि बन्द गरिएको छ

Read More

काठमाडौँ: केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो । अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् । विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको…

Read More