Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रत्ननगर, १७ असोज (रासस): ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आउनुभएको छ । उहाँले हात्ती पाल्न थाल्नुभएको करिब १० वर्ष भयो । शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पाल्नुभएका उहाँले अहिले छ वटा पाल्नुभएको छ तर, हात्ती सफारीका लागि प्रयोग हुँदैनन् । किन की हात्ती सबै सफारीका लागि योग्य छैनन् । कुनै हात्ती अपाङ्गता भएका छन् त कुनै अशक्त । यी हात्तीहरू सफारीका क्रममा घाइते भएका हुन् । उहाँले अझै हात्तीको सङ्ख्या बढाउने योजना बनाउनुभएको छ । हात्तीले सफारीको काम नगरे पनि गिरी भने खुशी हुनुहुन्छ । हात्तीका गतिविधि देखाएर नै उहाँले सफारीसरह पैसा भने कमाउन सकेको बताउनुहुन्छ ।…

Read More

काठमाडौँ: नेपालीहरुकाे महान चाड दशैँसँग नयाँ नोट पनि जोडिएको हुन्छ। दशैँको टिकाटालोमा नयाँ नोट प्रयोग गर्ने प्रचलन छ। तर यो वर्षको दशैँमा नयाँ नोट वितरण अन्योलमा परेको छ। दशैँका लागि नेपाल राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरको नोट वर्षेनी सटही गर्ने चलन छ। राष्ट्र बैंकका अनुसार अहिले पनि यी दरका नोट नेपाल राष्ट्र बैंकसँग पर्याप्त पनि छ। तर वितरणको लागि भने अहिलेसम्म निर्णय गर्न सकेको छैन। यसपटक नयाँ नाेट वितरणको लागि निर्णय गर्न नसक्नुमा कोरोना संक्रमण नै मुख्य कारण रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन्। यसबारे राष्ट्र बैंकमा छलफल भइरहेकाे पनि उनले बताए। ‘यो…

Read More

काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले दशैँ तिहारसम्म सार्वजनिक यातायात सहज हुने बताएका छन्। शुक्रबार संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिले आयोजना गरेको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले विश्वव्यापी कोरोना महामारी र भारीबर्षाका कारण विभिन्न राजमार्ग तथा पुलहरुमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएपनि नेपालीहरुको ठूला चाडपर्व दशैँतिहार अगावै सहज भइसक्ने बताएका हुन्। उनले प्राकृतिक विपतलाई रोक्न नसकिएपनि त्यसको व्यवस्थापनमा मन्त्रालय तदारुकताका साथ लागेको उल्लेख गरे। उनले भने ‘भारी वर्षाका कारण बाटोमा क्षति पुगेको छ। राजमार्गहरु निर्वाध रुपमा सञ्चालन गर्नका लागि मन्त्रालयले चौविसै घण्टा काम गर्ने योजना…

Read More

काठमाडौँ: सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बस्न लागेको हो। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो। पछिल्लो समय राजदूत लगायतका राजनीतिक नियुक्तिमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सचिवालय सदस्यहरुले आलोचना गर्न थालेपछि बैठक बालोइएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र चीनका लागि महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा सिफारिस गरेको थियो। पार्टीमा सल्लाहै नगरी प्रधानमन्त्रीले मुख्य सचिव र तीन देशमा राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका…

Read More

मुग्लिन: त्रिशुली  नदीमा ट्रक खस्दा तीन  जना  घाइते  भएका  छन् ।  पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै  भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे  ८० फिट तल त्रिशुली  नदी किनारमा खसेको हो । ट्रकको आधा भाग  डुबेको अवस्थामा छ । दुर्घटनामा परी घाइेत हुनेमा  ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय  मुग्लिन र सशस्त्र…

Read More

काठमाडौँ: कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका हुन् । कोभिड–१९ सङ्क्रमण हुनुभन्दा पहिले पूर्वाञ्चल क्षेत्रमा प्रत्येक दिन ४५० सार्वजनिक सवारी साधन ओहोरदोहोर हुँदै आएपनि अहिले यात्रु नहुँदा दैनिक १५० सवारी साधन एक सिटमा एक यात्रु राखेर ओहोरदोहोर गर्न बाध्य छन् । काठमाडौँबाट पूर्वका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा र सप्तरी…

Read More

काठमाडौं : पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

Read More

काठमाडौं : पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको जानकारी दिएको छ । बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ । एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । देशभर अहिले २१ हजार २३४ जनामा सक्रिय संक्रमण छ ।

Read More

काठमाडौं: नक्कली प्रहरी बनेर रकम असुल्न खोजेको आरोपमा काठमाडौँबाट एकजना पक्राउ परेका छन् । प्रहरी हुँ भन्दै काठमाडौँको नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखु गाउँपालिका–३ दामनाङटार घर भइ भक्तपुर नयाँठिमी बस्ने ३२ वर्षीय कुलबहादुर बस्नेत रहेका छन् । प्रहरीका अनुसार बस्नेतसहित ४ जनाले प्रहरी हुँ भन्दै गिट्टी बालुवा झारेको पैसा माग्नुका साथै धम्कीसमेत दिएका थिए ।

Read More

काठमाडौँ: प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ। सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले बताए। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उक्त निर्णयलाई भने सार्वजनिक गरिएको छैन। राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन। रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो। प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री…

Read More