Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अन्ततः विद्युतीय सवारीमा वृद्धि गरिएको करको दर घट्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत विद्युतीय सवारीको करको दर वृद्धि गर्ने निर्णय गरेको सरकारले निर्णयको ४ महिना पछि सो विषयमा पुनर्विचार गरेको हो । बजेट बक्तव्य जारी भएको ठिक ४ महिना पछि बिहीबार असोज १५ गते मन्त्रिपरिषदको बैठकबाट सरकारले करको दर र अन्तशुल्कमा पुनर्विचार गर्ने निर्णय गरेको हो । योसँगै यसअघि वृद्धि भएको विद्युतिय सवारीको कर समेत घट्ने भएको हो। यद्यपि करको दर कति घट्छ सो भने संशोधित कार्यविधिले निर्धारण गर्नेछ । यसअघि विद्युतीय सवारीमा ९० प्रतिशतसम्म भन्सार छुट दिइरहेकोमा चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले निःशुल्क पीसीआर परीक्षण गर्न सरकारका नाममा परमादेश जारी जारी गरेको छ । यससँग अब कोरोना भा्रइरस संक्रमण नियन्त्रणका लागि गरिने परीक्षण पीसीआरका लागि शुल्क तिर्नु नपर्ने भएको हो । सर्वोच्चका न्यायाधिशद्धय आनन्द मोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निःशुल्क पीसीआर परिक्षण गर्न परमादेश जारी गरेको अधिवक्ता लोकेन्द्र वलीले  बताए । अधिवक्ताद्धय केशरजंग केसी र लोकेन्द्र वलीले भदौ २८ गते पीसीआर परिक्षण निःशुल्क हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । फैसलाको पूर्ण पाठ केही दिनभित्र आउने बताइएको छ ।

Read More

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो । “आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ । ठूलो र खुल्ला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले…

Read More

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ । निगमले बिहीबार राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १/१ रुपैयाँका दरले घटाएको हो । डिजेल तथा मट्टितेलको मूल्य ८९ रुपैयाँ कायम गरिएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैयाँ नै यथावत रहेको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा घटेको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो ।

Read More

काठमाडौँ: सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताए । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए । त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क)को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला…

Read More

काठमाडौं: सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताए । ‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन’ मन्त्री ज्ञवालीेले भने । उनले डा. केसीका धेरै माग पूरा भइसकेको र पूरा गर्न बाँकी विषयमा पछि छलफल गर्न सकिने बताए । ‘केही…

Read More

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् । संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसैबीच नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९११ जनामा कोरोनाको संक्रमण पुष्टि…

Read More

काठमाडौं : पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुर ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको छ।

Read More

बाँके : कोरोना भाइरस (कोभिड–१९) बाट बाँकेमा हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बूका अनुसार भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भए पनि क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा रहेका डाक्टरको बिहीबार दिउँसो कोरोनाबाट निधन भएको हो । भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला दिउँसो पौने तीन बजेतिर उनको निधन भएको हो । योसँगै एकैदिन बिहीबार कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

Read More

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने…

Read More