काठमाडौं: अन्ततः विद्युतीय सवारीमा वृद्धि गरिएको करको दर घट्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत विद्युतीय सवारीको करको दर वृद्धि गर्ने निर्णय गरेको सरकारले निर्णयको ४ महिना पछि सो विषयमा पुनर्विचार गरेको हो ।
बजेट बक्तव्य जारी भएको ठिक ४ महिना पछि बिहीबार असोज १५ गते मन्त्रिपरिषदको बैठकबाट सरकारले करको दर र अन्तशुल्कमा पुनर्विचार गर्ने निर्णय गरेको हो । योसँगै यसअघि वृद्धि भएको विद्युतिय सवारीको कर समेत घट्ने भएको हो।
यद्यपि करको दर कति घट्छ सो भने संशोधित कार्यविधिले निर्धारण गर्नेछ ।
यसअघि विद्युतीय सवारीमा ९० प्रतिशतसम्म भन्सार छुट दिइरहेकोमा चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले ७०-८० प्रतिशत सम्म कर वृद्धि गराएको थियो । जसका कारण ठूलो संख्यामा विद्युतिय गाडी भन्सारमै रोकिन पुगेका थिए भने सो निर्णय विरुद्ध सरकारको आलोचना हुँदै आएको थियो ।