Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अद्यावधिक गरिएसँगै त्यस्तो बाटो खुलेको हो । हाल राष्ट्रिय भवन संहिता १०५ः१९९४ कार्यान्वयनमा रहेकामा मन्त्रिपरिषद् बैठकले अद्यावधिक राष्ट्रिय भवन संहिता १०५ः२०२० लाई स्वीकृत गरेसँगै अब नयाँ मापदण्डसहितको संहिता कार्यान्वयनमा आउनेछ । अद्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ । नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवन…

Read More

काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ अर्ब ११ करोड तीन लाख बजेट बिनियोजन गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको चालु आवको बजेट तथा नीति कार्यक्रममा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिइएको छ । प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ का लागि ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरेको थियो । यसपटक कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले प्राधिकरणले चालु आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरेको हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यस पटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए…

Read More

काठमाडौँ: आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि खरीद बिक्री खाता प्रमाणीकरणको म्याद आगामी पुस मसान्तसम्म थप गरेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७७/०७८ का लागि मासिक र द्विमासिक र चौमासिक कर विवरण वुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्तसम्म कायम गरिएको विभागले जनाएको छ । मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६ (३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरीद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ। विभागले २०६० भदौ ३० को निर्णयानुसार मासिक कर विवरण पेश गर्ने करदातालाई…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड–२०७७’ जारी गरेको छ । ‘आगामी दिनहरूमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरूको समय आउँदै गरेकोले कोभिड–१९ को सन्दर्भमा स्वास्थ्यका दृष्टिकोणले सुरक्षित बनाउँदै मनाउनुपर्ने बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर जनस्वास्थ्य मापदण्ड जारी गरिएको’ मन्त्रालयले जनाएको छ । यो मापदण्डमा घरपरिवार र समुदायस्तरमा मनाइने सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सवहरूलाई ध्यानमा राखेर विकास गरिएको र नेपालभर सबैलाई लागु हुने पनि मन्त्रालयले जनाएको छ । व्यक्ति र आयोजकले पालना गर्नु पर्ने दुई खण्डमा मापदण्ड बनाइएको छ । मन्त्रालयले सम्भव भएसम्म एकाघरका परिवारका सदस्यहरूमात्रै बसी चाडबाड तथा पर्वहरू मनाउन र सकेसम्म घर…

Read More

एजेन्सी: भारत केरलाको कोझीकोड विमानस्थलमा शुक्रबार साँझ भएको एयर इण्डिया विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर ३५ फिट गहिरो स्थानमा खसेको थियो। दुर्घटनामा १ सय ६० जना घाइते भएका छन्। एयर इण्डियाको उद्धार फ्लाइट एएक्सबी–१३४४ दुबईबाट फर्कंदै थियो। विमानमा १२८ पुरुष, ४६ महिला, १० बालबालिका, ६ चालक दलका सदस्य गरी १९० जना सवार थिए। अविरल वर्षाका कारण २ पटकसम्म विमान अवतरण गर्ने प्रयास असफल भएकोमा तेस्रो पटकको अवतरणका क्रममा रनवेबाट चिप्लिएको हो। विमान दुई टुक्रा भए पनि आगो भने नलागेको जनाइएको छ।

Read More

काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा नेपालमा कोरोना संक्रमितको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी हुन् । उनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्न आग्रह गर्दै सबै सचेत हुनुपर्ने बताइन् । उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।…

Read More

काठमाडौं: काठमाडौं जिल्ला प्रशासनले आइतबारदेखि लागू हुने गरी १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यवाश्यक सेवाबाहेकका काम बन्द गर्ने निर्णय गरेको हो । प्रशासनले एक विज्ञप्ति जारी गर्दै नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता/नवीकरण, संस्था दर्ता/पत्रपत्रिका दर्तासाथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचय पत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको जनाएको छ। यसैगरी शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्धा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी…

Read More

काठमाडौं: नेपालमा कोभिड–१९ को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको बताए । पर्साको वीरगन्ज महानगरपालिकाका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा र पर्साकै ७९ वर्षीय पुरुषको साउन २० गते घरमै निधन भएको र कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए । त्यस्तै पर्साकै ५७ वर्षीय अर्का पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको छ । सिरहा गोलबजार नगरपालिकाका २५ वर्षीय पुरुषको साउन २२…

Read More

काठमाडौं : काठमाडौंको टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल गरिने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अत्यधिक भीड हुने यी व्यापारिक क्षेत्र सिल गरिने भएको हो । जिल्ला प्रशासन काठमाडौंका अनुसार नागरिकता र पासपोर्ट वितरण समेत तत्कालका लागि बन्द गरिने भएको छ । स्रोतका अनुसार शुक्रवार रातिबाट लागु हुने गरी ती स्थानमा सिल गर्न लागिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने तयारी गरिएको हो । साथै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि रोक्ने भएको छ

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। यस्तै शुक्रबार अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार ३३० रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ।…

Read More