एजेन्सी: भारत केरलाको कोझीकोड विमानस्थलमा शुक्रबार साँझ भएको एयर इण्डिया विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर ३५ फिट गहिरो स्थानमा खसेको थियो। दुर्घटनामा १ सय ६० जना घाइते भएका छन्।
एयर इण्डियाको उद्धार फ्लाइट एएक्सबी–१३४४ दुबईबाट फर्कंदै थियो। विमानमा १२८ पुरुष, ४६ महिला, १० बालबालिका, ६ चालक दलका सदस्य गरी १९० जना सवार थिए।
अविरल वर्षाका कारण २ पटकसम्म विमान अवतरण गर्ने प्रयास असफल भएकोमा तेस्रो पटकको अवतरणका क्रममा रनवेबाट चिप्लिएको हो। विमान दुई टुक्रा भए पनि आगो भने नलागेको जनाइएको छ।
Facebook Comments Box