Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाण्डौं: नेपाल सिमेन्ट उत्पादक संघले आज (साउन १ गते) देखि नगदमा मात्रै सिमेन्ट बिक्री गर्ने निर्णय गरेका छन्। नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगीहरूको सिमेन्ट बिक्रीको पुरानो बक्यौता उठाउन बाँकी रकम नै करिब खर्ब पुग्न लागेपछि बिक्री कारोबार नगदमा गर्नुपर्ने सहमति गर्दै उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका हुन् । संघका अध्यक्ष ध्रुव थापाले उद्योगहरुबीच उधारो, मूल्य, बोनस र कमिसनमा नै अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि यस्तो निर्णय गरिएको बताए। संघको बैठकले निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई उधारो दिनुपर्ने भएमा अनिवार्य रुपमा बैंक ग्यारेन्टी वा एलसी लिई मात्र दिनुपर्ने छ। र यस्तो उधारोको लिमिट (बैंक ग्लारेन्टी-विजी) र एलसी भित्र रही अधिकतम उधारो…
सिन्धुपाल्चोक, १ साउन (रासस) : गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ । पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन ।
दमौली, १ साउन (रासस) : तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ । पहिराले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ । सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम…
भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ७ नयाँ जनामा संक्रमण पुष्टि भएको छ । एकदिनमा भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो । यसअघि मंगलबार २९ हजार ९ सय १७ संक्रमित भेटिएका थिए भने सोमबार २८ हजार १ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यो आँकडा कोभिड१९इन्डिया डट ओराजी अनुरुप हो । यस्तै, बुधबार बिहारमा भाजपाका प्रदेश अध्यक्ष संजय जायसवाल संक्रमित भेटिए । यसका साथै दुई दिनभित्र भाजपा कार्यलयमा २५ जनामा संक्रमण देखियो ।
काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट विवेक झाले विश्राम लिएका छन् । लगातार दुई कार्यकाल ८ वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सीइओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा नेपाल लाइफबाट बाहिरिएका छन् । नेपाल लाइफ इन्स्योरेन्सले २०६९ साल साउन १ गते झालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ८ वर्षको कार्यकालमा झाले नेपाल लाइफलाई जीवन बीमा कम्पनीहरुमा सबै सूचकमा पहिलो कम्पनी बनाउन सफल भए । झा नेपाल लाइफमा २०६७ साल भदौ १ गते प्रवेश गरेका थिए । संचालक समितिले नेपाल लाइफ इन्स्योरेन्सको कामू सीइओको जिम्मा सन्तोष प्रसाईलाई दिएको छ । चाटर्ड एकाउन्टेन्ट समेत रहेका प्रसाई नेपाल…
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानमा उल्लेख भए अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ। यसैगरी, देशभर आँशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानहरुमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ । बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ । त्यस्तै, राति देशभर सामान्य बदली रही केहि…
काठमाडौं: अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ। विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए। त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन (नातेदार) भिसा जारी गरेको खुलेको छ। तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ। केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ। त्यसकै आधारमा विभागले काफ्लेमाथि छानबिन थालेको हो। रिलेसन भिसा पाउन स्थानीय तहले…
सिन्धुपाल्चोक (रासस) : गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो । पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताउनुभयो । प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन ।
सिरहा: सिरहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित २ जनालाई ५ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई आज अपरान्ह घुस रकमसहित नियन्त्रणमा लिएको हो । कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएका बेला अख्तियार टोलीले नियन्त्रणमा लिएको जनाएको छ । डिएसपी मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि आयोगको कार्यालय वर्दिवास लगिएको छ ।
काठमाडौं: संघीय सरकारको वित्तीय सुशासन बढेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार नेपाल सरकार र त्यस मातहतका निकायहरुबाट अनियमित खर्चमा उल्लेख्य रुपमा कमी आएको देखिएको हो । त्यसको विपरित स्थानीय तहहरुको बेरुजु भने ह्वात्तै बढेको छ । महालेखाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन बुधबार सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदन अनुसार तीनवटै सरकार अन्तर्गतका सरकारी कार्यालयको खर्चमा १ खर्ब ३२ अर्ब रुपैंयाको बेरुजु देखिएको छ । कुल सरकारी खर्चमध्ये १ खर्ब ३२ अर्ब ९९ करोड रुपैंया बराबरको खर्च नियम संगत रुपमा नभएको औंल्याइएको हो । अघिल्लो वर्ष १ खर्ब ४१ अर्ब ५ करोड रुपैंया बराबरको बेरुजु देखाइको…
