Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोरोना संक्रमण्काा कारण काठमाडौं उपत्यकामा थप एक जनाको मृत्यु भएको छ।  ललितपुरस्थित पाटन अस्पतालमा बिहीबार बिहान ललितपुरकै कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको हो। आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पताल प्रशासन स्राेतले जानकारी दिएकाे छ। उनको शव अहिले नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।

Read More

काठमाडौँ: लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिनुभएको हो । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिनुभयो । प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन बनाउनुभयो । बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाए पनि अरु खेलाडीको…

Read More

कास्की: पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिनुभयो । गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा राखेर उपचार शुरु गरिएको उहाँले जानकारी दिनुभयो । सो अस्पतालमा उपचारको क्रममा हालसम्म पाँच जना सङ्क्रमितको मृत्यु भएको विज्ञप्तीमा जनाइएको छ । गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या नौ पुगेको…

Read More

झापा: नेपाल–भारत जोड्ने पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा छ लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो छ लेनको पक्की पुल निर्माण सम्झौताको चार महिना अगावै सकिएको हो । पुलसँगै डेढ किलोमिटरको एशियन हाइवेको एप्रोच सडकसमेत निर्माण गरिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख ई. श्यामकुमार यादवले बताउनुभयो । उहाँका अनुसार सो पुल भारतको दिनेश चन्द्र आर अग्रवाल कन्स्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी सन् २०१८ को फेबु्रअरीदेखि निर्माणको काम प्रारम्भ गरेको थियो । विश्व कोरोना महामारीले शुरुमा पुल निर्माणमा असर पारे पनि तत्काल भारत सरकारले…

Read More

कलैया: कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । बिहान २ जना र राति दुई जनाले ज्यान गुमाएका हुन् । राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको डिएसपी मिश्रले बताउनुभयो । बिहान सुवर्ण गाउँपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षीय धुपलाल यादव र महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको थियो…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्य आज काठमाडौँमा मात्रै २३० जना संक्रमित भेटिएका छन् भने भक्तपुरमा २४ र ललितपुरमा ४७ जना संक्रमति थपिएका छन् । यस्तै आजमात्रै देशभर कुल ११ जनाको कोरोनाले गर्दा मृत्यु भएको आयोजित नियमित पत्रकार सम्मेलनमा डा जगेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा दुई महिला ९ जना पुरुष रहेका छन् । कुल मृतकको संख्या भने १७७ पुगेको छ। २४ घण्टा सरकारले कुल १३,२५३ जनाको पिसीआर परीक्षण गरेको थियो

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्रमित थपिएका छन् । यअसघि मंगलबार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी जम्मा २३२ जना संक्रमित थपिएका थिए । यसैबीच काठमाडौंमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिबाट लागू हुनेगरी निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेका छन् ।

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८८५ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। त्यस्तै पछिल्ले २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०५ पुगेको छ।

Read More

काठमाडौँ:  साल्ट ट्रेडिङ कर्पोरेशनको २५ सय टन युरिया मल मंगलबार विरगञ्ज आइपुगेको छ। बुधबारसम्म भन्सार पास गरेर बिहीबारबाट किसानलाई वितरण गरिने कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए। ‘हामीले कृषि मन्त्रालयको समन्वयमा कुन कुन जिल्लामा मल पठाउने भनेर तालिका बनाएका छौं, त्यसैअनुसार वितरण गर्छौं,’ उनले भने। मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायतका १० जिल्लामा वितरण गरिने छ। १३ सय टन युरिया मल विराटनगरका लागि हिडेको छ। त्यसमध्ये ६ सय टन मल विराटनगरमा आइपुगेको उनले जानकारी दिए। कर्पोरेशनको गतवर्षको थप कोटा २१ हजार ५ सय टन र चालू आवको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय…

Read More

काठमाडौं : सेयर बजारमा रौनक थपिएको छ । खरिदबिक्री रकमले नयाँ उचाई छोएको छ । नेप्से सूचक पनि दोहोरो अंकले माथि लागेको छ । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलता रहँदा सेयर बजारमा चमक आउन सकेको हो । लगानीका अन्य क्षेत्रहरु सुकचित हुँदा सेयर बजारतर्फ ठूला तथा साना सबैथरीका लगानीकर्ता आकर्षित भएका हुन् । बुधबार नेप्से परिसूचक २१.१० अंकले बढेर १४६२.०३ बिन्दुमा पुगेको छ । नेप्सेमा १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता सेयर २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा ८० करोड बढी हो । मंगलबार…

Read More