Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पर्साको वीरगन्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पठाइएको छ। पर्सा जिल्ला प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौँ हुँदै विमानमा पोखरा पठाइएको हो। यसअघि उनलाई बाराको सिमराबाट काठमाडौँ ल्याइएको थियो। अहिले उनलाई पोखरा पठाइएको हो। पर्सा प्रहरीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलाको रोहवरमा लामिछानेसँग बयान लिएको थियो। वीरगन्जको सानो पाइला सहकारी ठगी अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट विमानमा काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो। लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ। यसै प्रकरणमा अनुसन्धानमा रहेका पूर्वडीआईजीसमेत रहेका छविलाल बन्जाडे…
काठमाडौँ:नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा आएर जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ। बुधबारको पहिलो खेलमा सुदूरपश्चिमसँग ७२ रनको फराकिलो अन्तरले पराजित हुँदै जनकपुरले पहिलो हार भोगेको हो। जनकपुरले पहिलो हार भोगेको दिन सुदूरपश्चिमले भने लिगमा चौथो जित निकालेको छ। योसँगै अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले समान एक खेलमा हार र चार खेलमा जित निकालेका छन्। जितसँगै सुदूरपश्चिमले ५ खेलबाट ८ अंक जोडेको छ। पराजित जनकपुरको पनि समान खेलबाट ८ अंक छ। यो जितपछि सुदूरपश्चिमले जनकपुरसँग अंकतालिकाको शीर्ष स्थान खोसेको छ। सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदा अलआउट भयो।…
काठमाडाैँ: नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको हाे । बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो । मंगलबार २१०० रुपैयाँले बढेको सुन बुधबार २ हजार रुपैयाँले बढेको थियो।
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि अन्योलमा रहेको विधान संशोधन प्रक्रिया टुंगोमा पुर्याएको छ। महासंघको विशेष साधारण सभाबाट विधान संशोधन गरिएको हो। यसअघि कार्यसमितिभित्र नै विवाद भएको कारण विधान संशोधन प्रक्रियाले पूर्णता पाउन नसकेको अवस्थामा अध्यक्ष ढकाल सर्वसम्मत विधान संशोधन गर्न सफल भएका छन्। ‘निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था हो महासंघ, यसको विधान संशोधन सर्वसम्मत ढंगले गरिनुले निजी क्षेत्र बीचको एकताको प्रतिनिधित्व गर्छ,’ अध्यक्ष ढकालले भने, ‘महासंघलाई थप बलियो बनाउने सवालमा विधान संशोधनले महत्त्वपूर्ण अर्थ लाग्ने छ।’ महासंघले अहिले मुख्यतय तीन वटा विषयमा विधान संशोधन गरेको छ। संशोधित विधान अनुसार अध्यक्षको निर्वाचन प्रत्यक्ष हुने भएको छ। हाल वरिष्ठ उपाध्यक्ष नै…
काठमाडौं । सत्तारुढ दल नेपपा एमालेले गत १६ मंसिरमा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गरेको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै यसलाई गम्भीरतापूर्वक लिएको पनि एमालेले जनाएको छ । ‘यो परिणामलाई हामीले गम्भीरतापूवर्क लिएका छौं,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौं, त्यहाँ आउन नसकेको परिणामप्रति हामी गम्भीर पनि भएका छौं ।’
काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले चालु आर्थिक वर्ष (आव) देखि लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरेको हो । अधिवक्ता अनुपम भट्टराईले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज हुनुपर्ने माग राखेका थिए । सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायत प्रयोग गरेबापत सेवा शुल्क बढेको छ । नेपाल क्लियरिङ हाउस, फोनपे जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकलाई सरकारले भ्याट छुटको दायराबाट हटाएपछि उनीहरूले भ्याट तिर्नुपर्ने भएको थियो । त्यसरी यी कम्पनीले प्रदान गर्ने…
काठमाडौँ:पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुधबार पोखरा फर्काइने भएको छ। आज (मंगलबार) दिनभर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिएको छ। सरकारी वकिलको रोहवरमा बिहान १० बजे नै बयान लिन थालेको थियो। अपरान्ह साढे २ बजेसम्म बयान चलेको थियो। वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो। पोखराबाट काठमाडौँ र काठमाडौँबाट सिमरासम्म उनलाई हवाईमार्गबाट लगिएको थियो। अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ। लामिछानेमाथि ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ। यसै प्रकरणमा अनुसन्धानमा रहेका पूर्वडीआईजीसमेत रहेका छविलाल…
सुर्खेत। गृहमन्त्री रमेश लेखकले कसैको मानवअधिकार हनन नभएको दाबी गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको विषयमा लक्षित गर्दै उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको बताए । मंगलवार प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सरकार हरेक मान्छेको मानवअधिकार रक्षाका लागि गम्भीर छ। प्रत्येक व्यक्तिको मानवअधिकारको रक्षा हुन्छ। कसैको मानवअधिकारको हनन् भएको छैन।’ लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको बताउँदै लेखकले त्यसबारे अनुसन्धान भइरहेको बताए । ‘रवि जीमात्र हैन तमाम मान्छेलाई अनुसन्धान भइरहेको छ तर कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ । के यो सहि हो त ?,’ उनले भने, ‘अनुसन्धानलाई प्रभावित गर्ने, सडकमा…
सुर्खेत। गृहमन्त्री रमेश लेखकले कसैको मानवअधिकार हनन नभएको दाबी गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको विषयमा लक्षित गर्दै उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको बताए । मंगलवार प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सरकार हरेक मान्छेको मानवअधिकार रक्षाका लागि गम्भीर छ। प्रत्येक व्यक्तिको मानवअधिकारको रक्षा हुन्छ। कसैको मानवअधिकारको हनन् भएको छैन।’ लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको बताउँदै लेखकले त्यसबारे अनुसन्धान भइरहेको बताए । ‘रवि जीमात्र हैन तमाम मान्छेलाई अनुसन्धान भइरहेको छ तर कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ । के यो सहि हो त ?,’ उनले भने, ‘अनुसन्धानलाई प्रभावित गर्ने, सडकमा…
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ । पर्साका एसपी कुमुध ढुंगेलले लामिछानेको बयान सुरु भएको बताए । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं हुँदै हवाई जहाजमार्फत सिमरा, बारा लगिएको थियो । त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो । सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो । त्यतिबेला उनको प्रेसर…