Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन् । शाहले काठमाडौं क्षेत्र नम्बर-२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् । भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका उनी बिहान ७ बजे नै मतदान गर्न पुगेका थिए । उनी अन्य मतदाताहरूसँगै लाइनमा बसेर आफ्नो पालो कुरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर-५ बाट प्रतिस्पर्धामा उत्रिएका बालेनले आफूलाई भने भोट हाल्न पाएनन् ।

Read More

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान सुरु भयो, सबैतिर निर्वाध ढंगले मतदान सुरु भएको खबर आइसकेको छ ।’ मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ । मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ ।…

Read More

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुङ्गो लाग्नेछ । जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाएर एकीकृत सुरक्षा योजना लागु गरेको छ । मतदान सुरु भएसँगै हरेक मतदान स्थल र संवेदनशील ठाउँमा चारवटै सुरक्षा निकायको एकीकृत फौज परिचालन गरिएको छ । निर्वाचनको सुरक्षामा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा योजना अनुसार चुनावको सुरक्षामा ७९ हजार सेना फिल्डमा…

Read More

काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरकफरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न आयोगले निर्देश गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए। उनले सोमबार एक सूचनामार्फत भनेका छन्, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ।’ उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराएका छन्। सम्भावित आगजनीजन्य दुर्घटनाको…

Read More

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो। नेपाली सेनाबाट ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचालन गरिएको छ । निर्वाचन सुरक्षा तथा जोखिम…

Read More

काठमाडौं: निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिन र जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम विशेष गरेका कार्य गर्नेलाई…

Read More

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर गएका छन्। स्वास्थ्य उपचारको लागि भन्दै देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ। बुधबार राति ११: ३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट देउवा सिंगापुर गएका हुन्। पार्टी नेतृत्वमा गगन थापा आएपछि देउवा पार्टी राजनीतिमा पूर्णरूपमा निष्क्रिय छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनीमाथि बुढानिलकण्ठस्थित निवासमै कुटपिट भएको थियो। त्यतिबेला पनि उनले सिंगापुरमै उपचार गराएका थिए। देउवाको गृहजिल्ला डडेल्धुराबाट यसपटक कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। तर, देउवाले यसपटक आफ्ना उम्मेदवारलाई मत माग्नेतर्फ पनि चासो देखाएका छैनन्। उनी मतदान गर्न पनि जान्छन्, जाँदैनन् ठेगान छैन।

Read More

वीरगञ्ज: पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू आदेश जारी गरेका हुन्। आइतबार वीरगन्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। त्यस झडपले ठूलो रूप लिन सक्ने भन्दै प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म सीमा तोकेको छ। यस अवधिमा कसले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न प्रशासनले अनुरोध गरेको छ। एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मीहरू, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाका परीक्षार्थी एवं कर्मचारी, पर्यटक सवारीसाधन,…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका शाहले आफ्नो घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् । उनले सङ्घीय सांसदको हैसियतले गर्ने काम उक्त वाचापत्रमा समेटेका छन् । ‘मेरो प्रतिबद्धता’ अन्तर्गत उनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका र पर्यटन तथा उद्योग क्षेत्रमा गर्न चाहेका योजनारू उल्लेख गरेका छन् । खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिका क्षेत्रमा आफूले गर्ने कार्य उनले बुँदागत रूपमा वाचापत्रमा प्रस्तुत गरेका छन् । “स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका…

Read More