काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन् ।
शाहले काठमाडौं क्षेत्र नम्बर-२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् । भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका उनी बिहान ७ बजे नै मतदान गर्न पुगेका थिए । उनी अन्य मतदाताहरूसँगै लाइनमा बसेर आफ्नो पालो कुरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर-५ बाट प्रतिस्पर्धामा उत्रिएका बालेनले आफूलाई भने भोट हाल्न पाएनन् ।
Facebook Comments Box
