Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे…
काठमाडौं: नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।
काठमाडौँ:ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच दूरी बढिरहेका बेला ऊर्जा मन्त्रालयले फेरि प्राधिकरणले गलत सूचना फैलाएको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले गत फागुन २८ गते विज्ञप्ति जारी गर्दै गत माघ ३० मा नेपाल भारत विद्युत् आदानप्रदान समितिको १६औँ बैठकमा भएको भनिएको सहमतिबारे ध्यानाकर्षण गरेको हो। मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीमा भएको उक्त बैठकमा विभिन्न भोल्टेज लेभेलहरुमा गत आर्थिक वर्षको विद्युत् आदानप्रदान दरको तुलनामा आव २०२५/०२६ का लागि १.५ प्रतिशत मूल्यवृद्धि गर्ने सहमति भएको कुरा गत फागुन १३ गते प्राधिकरणले विज्ञप्ति जारी गरेको थियो। सो विज्ञप्तिमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र…
काठमाडौँ । पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अली यतिबेला नेपालमा छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी बिहीबार नेपाल आएका हुन् । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रमका लागि गायक अली ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै काठमाडौंँ आइपुगेका हुन् । आयोजकले उनलाई काठमाडौँको एउटा तारे होटलमा राखेको छ । अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाउने कार्यक्रम छ । पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका अली नेपाल प्रस्तुतिका लागि उत्साहित रहेको आयोजक संस्था साधना कला केन्द्रका मिलन मोक्तानले बताए । मोक्तानका अनुसार कार्यक्रममा अर्काे आकर्षक प्रस्तुति गायक अलीका छोरा अमिर…
काठमाडौँ । तिब्बत र आन्ध्र महासागरमा भूकम्पको ताजा धक्का महसुस गरिएको छ। जनवरीमा तिब्बतमा गएको भूकम्पले निम्त्याएको विनाशपछि, हरेक दिन परकम्पहरू महसुस भइरहेका छन्। आज बिहान करिब १ बजे तिब्बतमा अर्को भूकम्प गएको छ, जसको तीव्रता म्याग्निच्युडमा ३.५ थियो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो । बिहीबार पनि तिब्बतमा दिनभरि ३.५ देखि ४.३ म्याग्निच्युडका तीनवटा भूकम्प गएका थिए। अर्कोतर्फ, आज बिहान ५:१५ बजेतिर आन्ध्र महासागरमा शक्तिशाली भूकम्प गयो, जसले दक्षिण जर्जिया र दक्षिण स्यान्डविच टापुहरूमा जमिन हल्लियो। यस भूकम्पको तीव्रता म्याग्निच्युडमा ६ मापन गरिएको थियो। यस भूकम्पको केन्द्रबिन्दु समुद्र भित्र २४ किलोमिटर गहिराइमा…
काठमाडौं: नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।
काठमाडौँ: स्थानीय बजारमा सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ । आज बढेसँगै सुनको मूल्य सर्वाधिक उचाइमा पुगेको छ । बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन । त्यसैगरी, आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६.६ अमेरिकी डलर र चाँदी ३३.८५ डलरमा…
सिन्धुपाल्चोक: करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा १ हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ । लामो समयदेखि तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको खुल्ला गोदाममा थन्किएर बसेको ५० केजीको दुई हजार ६ सय बोरा मल काम नलाग्ने अवस्थामा पुगेको छ । कृषि सामाग्री केन्द्र र आयातकर्ताबीच मूल्य एकीनमा बिवाद हुदाँ सो परिणामको रासायनिक मल भन्सार कार्यालयमै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । सिनोम्याक्स÷सिल्क मार्केट र अर्को एक र्फमको जोइनभेन्चरले चीनबाट मल आयात गरेको थियो । चालु आर्थिक बर्ष अघि पनि करिब डेढ बर्षसम्म त्यत्ति नै परिणामको मल थन्किएर…
काठमाडौँ: हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। शुक्रबार दिउँसो दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा…
काठमाडौँ: सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषदको फागुन २६ गते बसेको बैठकले सिफारिस समिति गठन भएको हो । गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस गठन समिति गठन भएको हो । सिफारिस समितिको सदस्यमा नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन् । भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ हुन् । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ । २०७६ चैत २४ गते नियुक्ति पाएका उनले चैत २५ गतेदेखि कार्यभार सम्हालेका थिए…