Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ७२ औं दिनसम्म जारी लकडाउनले सामाजिक-आर्थिक क्षेत्रमा गम्भीर असर पारेको भन्दै संक्रमणको अवस्था हेरेर बन्दा बन्दीको हालको संरचनालाई परिवर्तन लैजान विभिन्न क्षेत्रका विज्ञले सरकारलाई वुधबार सुझाव दिएका छन्। चिकित्सकहरूको भने फरक मत छ। क्वारेन्टाइन राम्रो नभएको, आइसोलेसन व्यवस्थित हुन नसकेको र कोरोना परीक्षणसमेत ढिलाइ भइरहेका बेला लकडाउन खुकुलो पार्दा झन् भयावह अवस्था आउन सक्ने भन्दै उनीहरूले सचेत गराएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चिकित्सक, जनस्वास्थ्यविद, मनोविद, अर्थविद, योजनाविद लगायत विभिन्न क्षेत्रका विज्ञ डाकेर छलफल गरेका थिए। चिकित्सकहरूले देशभरि कोरोना परीक्षणदेखि क्वारेन्टाइन व्यवस्थापन र आइसोलेसनको प्रबन्ध नगरी एकैचोटि लकडाउन खोल्दा महामारीको भयावह अवस्था उत्पन्न हुनसक्ने बताएका थिए। अस्पतालहरूको क्षमता…

Read More

काठमाडौं: लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् । बुधबार बसेको महासंघको निर्णयले भोलि जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । महासंघले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको छ । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । महासंघले…

Read More

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एन्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०) ले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताए। उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट गरे। उनले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुन सक्ने आकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि…

Read More

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । त्यसमा उनको रिपोर्ट पोजेटिभ आएको छ । त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ ।

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये नौ जनाको मृत्यु भएको छ । प्रदेश १ को ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । ताप्लेजुङको शान्ति गाउँपालिकाकको क्वारेन्टिनमा रहेका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू १८ देखि ४० वर्षीय पुरुष हुन् । यस्तै, पाँचथर हिलेहाङ गाउँपालिकाका २० वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । तेह्रथुमको आठराई गाउँपालिकाको क्वारेन्टिनमा रहेकी २० वर्षीया महिला र धनकुटा शहीदभूमि गाउँपालिकाका २७ वर्षीेय पुरुषमा…

Read More

काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७२ दिन पुगेको छ । लकडाउन जारी भएपनि बुधबार उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको थियो । बुधबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसधानको आवागमन बढेको पाइएको छ । उपत्यकाका, तिनकुने, बानेश्वर, माइतीघर, थापाथली, सुन्धारा, जमल, दरबारमार्ग लगायतका ठाउँहरुमा सवारी साधनको चाप अत्याधिक…

Read More

काठमाडौं: काठमाडौं मेडिकल कलेजका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालिन बन्द गरिएको छ । अस्पतालले एक सुचना जारी गर्दै अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक लगायत सबै सेवाहरु बन्द गरेको हो । अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्द राज जोशीले अस्पतालमै कोरोना संक्रमित भेटिएपछि अस्पताल निर्मालीकरण गर्नका लागि केहि दिन अस्पतालको सबै सेवा बन्द गरिएको जानकारी दिए । ‘हाम्रो अस्पतालमै संक्रमित भेटिएपछि अन्य व्यक्तिलाई पनि जोखिम हुनसक्छ, त्यसैले अस्पताललाई निर्मलीकरण गर्नका लागि केही समयलाई अस्पताल बन्द गरेका छौं ।’

Read More

काठमाडौं: नेपाल मैदा उद्योग संघले गहुँको कृषि सुधार शुल्क बढाइएकोप्रति आपत्ति जनाएको छ। सरकारले बजेटमार्फत कृषि सेवा शुल्क भनेर ५ प्रतिशत लाग्दै आएको शुल्क ९ प्रतिशत पुर्‍यादिएको छ। ब्यवसायीले उद्योगको नाममा गहुँ आयात गर्दा १ प्रतिशत कृषि सुधार शुल्क लिनुपर्ने माग गर्दै आएका थिए। ब्यापारीले घटाउन भनिरहेका बेला सरकारले झन्डै दोब्बरले बढाइदिएको हो। संघले मैदा (पिठो) मा १३ प्रतिशत मूल्य अभिवृद्धि कर, गहुँं आयातमा ९ प्रतिशत कृषि सुधार शुल्क, आँंटा र सुजीमा पनि कर लगाउँदा स्वदेशी मैदा उद्योगले धान्न नसकेर रुग्ण बनेको संघको ठहर छ। संघले नेपाली गहुँंले वर्षको ३/४ महिना मात्र पुग्ने भन्दै बाँंकी समय पुरै आयात गर्नुपर्ने बाध्यता…

Read More

काठमाडौं: सरकारले कर तिर्ने समय असार ७ गतेसम्मलाई थप गरिदिएको छ। ब्यापक विरोधपछि सरकारले कर तिर्ने समय बढाएको हो। आन्तरिक राजश्व विभागले मंगलबार सुचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो। त्यसपछि अर्थमन्त्री, मन्त्रालयका अधिकारीहरुको ब्यापक विरोध सुरु भएको थियो। ब्यापक बिरोधपछि अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ब्यवसायीसँग बुधबार भेटी लचकता अपनाउने बताएका थिए। लगत्तै विभागले अर्को सुचना जारी गर्दै कर तिर्ने समय बढाएको हो। विभागले बुधबार जारी गरेको सुचनामा असार ७ गतेसम्म कर नतिरेमा जरीवाना लगायतका कारवाही गर्ने भाषा प्रयोग भएको छैन्। मंगलबार जारी भएको विभागको सूचनामा ब्याज र जरीवाना लिने उल्लेख थियो। स्रोतका अनुसार तल्लो तहका जनताले…

Read More

काठमाडौँ: गृह मन्त्रालयले तरकारी नष्ट नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो भने कपिलवस्तुबाट अर्घाखाँची लगेको तरकारी पनि सीमा क्षेत्रमा नै रोकिएको थियो । यसको चौतर्फी विरोध भएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो । स्वदेशी उत्पादन नष्ट गर्नेमाथि कारबाही गर्नुपर्ने मन्त्रालयको जोड थियो । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न समेत निर्देशन दिएको छ । साथै तरकारीलाई निर्वाध रुपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन भनिएको गृह…

Read More