Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरिसकेको छ ।

Read More

काठमाडौँ ः काठमाडौँको नागार्जुन नगरपालिकामा हालसम्म १४ सय भन्दा बढीको ¥यापिड डाइग्नोस्टिक (आरडीटी) परीक्षण गर्दा जेठ ८ गतेसम्ममा २१ जनाको रिपोर्ट पोजेटिभ देखिएको नगरपालिकाको कार्यालयले शुक्रबार जनाएको छ। नगरपालिकाले बैशाख दोश्रो सातादेखि पहिलो, दोश्रो र तेश्रो चरण गर्दै नगर जनप्रतिनिधि र नगरवासीको आरडीटी र पीसीआर परीक्षण गर्न शुरु गरेकोमा तेश्रो चरणसम्म आइपुग्दा जेठ ८ गतेसम्ममा कुल एक हजार ४०० (आरडीटी र पीसीआर दुवै ) परीक्षण गर्दा पीसीआर रिपोर्ट भने कसैको पनि पोजेटिभ नआएको, नगरप्रमुख मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो। त्यसमध्ये २६२ जनाको पीसीआर परीक्षण गरिएको र त्यसको रिपोर्ट आज बेलुका अथवा भोली बिहानसम्ममा आइपुग्ने नगरपालिकाका मेयर बस्नेतले…

Read More

काठमाडौँ: पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ ।

Read More

काठमाडौँ: लिम्पियाधुरासम्म नेपाल हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्वर (१६ कात्तिक) मा जारी गरेको नक्साले नै कालीनदी लिम्पियाधुराबाट आएको स्पष्ट देखाएको छ । यो नक्सा सर्भे अफ इन्डियाको वेबसाइटमा आठौँ संस्करणको रूपमा अहिले पनि छ । ६ दिनपछि ८ नोभेम्बरमा नक्सा संशोधन गरेर भारतले कालीनदी मेटाएको छ । अन्तर्राष्ट्रिय सिमाना बालबालिकाले गर्ने ‘ड्रइङको प्राक्टिस’ होइन, जसलाई मन लाग्दा कोर्न र मन लाग्दा मेट्न पाइयोस् । क्याप्सन: २ नोभम्बर २०१९ अर्थात् १६ कात्तिक ०७६ मा भारतले जारी गरेको नक्सा । जसमा कालीनदी लेखिएको छ । लिम्पियाधुरासम्मको भूभाग नेपालको हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्बर (१६…

Read More

काठमाडौँ: विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताउनुभयो । उहाँका अनुसार हाल काठमाडौँ उपत्यकामा ५१८ श्यया तयारी अवस्थामा छन् । देशभर भने करीब ६५ हजार क्वारेन्टिन तयारी अवस्थामा रहेकामा २५ हजार सर्वसाधारण क्वारेन्टिनमा छन् । देशभर क्वारेन्टिनको अनुगमन र सहजीकरणको जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री मानन्धरले देश सङ्कटमा परेका बेला ठूला होटललाई क्वारेन्टिनका रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै यसमा व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा गर्नुभयो । राज्यमन्त्री मानन्धरका…

Read More

काठमाडौँ: महाकाली करिडोर (दार्चुला–टिंकर सडक योजना) दार्चुलामा ८७ किलाेमिटर सडकखण्ड निर्माण र सुरक्षाका लागि नेपाली सेनाको फौज व्यास गाउँपालिका– २ स्थित घाँटीबगर पुगेको छ । सडकखण्डअन्तर्गत घाँटीबगरमा करिब दुई मिटर चौडाइको चार सय ५० मिटर बाटो निर्माणका लागि सुरक्षा र बन्दोबस्तीसहित फौज बिहीबार पुगेको हो । मन्त्रिपरिषद् बैठकले महाकाली करिडोर निर्माणका लागि सेनालाई जिम्मा दिने निर्णय १४ वैशाखमा गरेको थियो । बिहीबार घाँटीबगरको थी भन्ने स्थानमा सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । बाटो निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि थप फौज, उपकरण र…

Read More

काठमाडौँ: काठमाडौंको शंखरापुर नगरपालिकामा कोरोना भाइरस परीक्षणमा १४ जनाको पोजिटिभ रिर्पोट आएपछि अनिश्चितकालका लागि नगरपालिका सिल गरिएको छ । नगरपालिकाको वडा नं. ४ देखि ९ सम्म केही जनप्रतिनिधि सहित २ सय ९० जना स्थानीय बासीको आरडिटी परिक्षणमा १४ जनामा पोजिटिभ देखिएको जनगरपालिका प्रमुख सुर्वण श्रेष्ठले जनाएका छन् । इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपुल्स लाइफ केयर अस्पताल, सुष्मा कोइराला मेमोरिस अस्पपताल साँखुमा परिक्षण गरिएको हो । पोजेटिभ रिर्पोट आएका १४ जनाको पिसिआर स्वाव लिने प्रक्रियामा रहेकोले जेठ ९ गते बिहान १० बजेदेखि नगरपालिकामा भित्रिने तथा बाहिने नाकाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सिल गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन् । उनले उच्च…

Read More

काठमाडौं: काठमाडौंको नागार्जुन  नगरपालिकाको वडा नम्बर ९ र १० मा औषधीबाहेकका सम्पूर्ण पसलहरु बन्द निर्देशन दिइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगैनागार्जुनको वडा नम्बर ९ र १० उच्च जोखिममा भएको भन्दै वडा कार्यालयले बिहीबार एक सूचना जारी गर्दै औषधी पसलबाहेक फलफल, तरकारी खाद्यान्‍न, मासु पसलहरु शुक्रबार बिहान ९ बजेदेखि अको सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ । यस सूचनालाई अवज्ञा गरी पसल खोलेको थाहा पाइएमा कानुन बमोजिम कडा कारबाही हुने व्यहोरासमेत जानकारी गराइएको छ । कोरोना संक्रमण नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्‍याई जिम्मेवार नागरिकको भूमिका निभाउन र वडाभित्रका राजनीतिक दलहरु, टोल सुधार समितिहरु,…

Read More

रौतहट: जिल्लाको ईशनाथ नगरपालिकास्थित पोखरीको डिलमा छरपस्ट अवस्थामा बिहीबार प्रहरीले १० लाख १० हजार रुपैयाँ भेट्टाएको छ । यति धेरै रकम फेला पर्दा प्रहरीसमेत आश्चर्यमा परेको छ । रकम कसको भन्ने अहिलेसम्म खुलेको छैन । स्थानीय माइस्थान चोक सँगैको पोखरी छेउमा प्रहरीलाई देखेपछि दुई जना भागेका थिए । प्रहरीले मानिस भाग्नुको कारण पत्ता लगाउन जाँदा पैसा छरिएको अवस्थामा फेला परेको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए । ‘यति धेरै रकम कस्को र कुन प्रायोजनाका लागि ल्याइएको हो भन्ने खुलेको छैन,’उनले भने,‘प्रहरीलाई देख्ना साथ भागेकाहरु पक्राउ परेपछि मात्र बास्तविकता खुल्छ ।’ कोभिड १९ को संक्रमण रोक्न जारी लकडाउनको क्रममा गस्तीमा रहेको…

Read More

काठमाडौँ: काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किनुभएको छ । निको हुनेमा दुई महिला तथा दुई पुरुष हुनुहुन्छ । नवौँ दिनको बसाइपछि उहाँहरुलाई आज अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष हुनुहुन्छ । यससँगै कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ । त्यसैगरी आज झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका…

Read More