काठमाडौँ: काठमाडौंको शंखरापुर नगरपालिकामा कोरोना भाइरस परीक्षणमा १४ जनाको पोजिटिभ रिर्पोट आएपछि अनिश्चितकालका लागि नगरपालिका सिल गरिएको छ ।
नगरपालिकाको वडा नं. ४ देखि ९ सम्म केही जनप्रतिनिधि सहित २ सय ९० जना स्थानीय बासीको आरडिटी परिक्षणमा १४ जनामा पोजिटिभ देखिएको जनगरपालिका प्रमुख सुर्वण श्रेष्ठले जनाएका छन् ।
इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपुल्स लाइफ केयर अस्पताल, सुष्मा कोइराला मेमोरिस अस्पपताल साँखुमा परिक्षण गरिएको हो ।
पोजेटिभ रिर्पोट आएका १४ जनाको पिसिआर स्वाव लिने प्रक्रियामा रहेकोले जेठ ९ गते बिहान १० बजेदेखि नगरपालिकामा भित्रिने तथा बाहिने नाकाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सिल गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन् ।
उनले उच्च सर्तकताका बस्नका लागि लागि पनि आग्रह गरेका छन् । शंखरापुर नगरपालिकाको सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरसँग सिमा जोडिएको छ ।
आजदेखि ति जिल्ला प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द गरिने भएको छ ।