Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रुपन्देही: प्रदेश नं ५ प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ । शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको नियमावलीबमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ ।

Read More

काठमाडौं: कोरोनाका कारण अर्थतन्त्र तहसनहस भएका बेला अर्थसमितिले ठूलो आकारको विस्तारकारी बजेट ल्याउन सुझाब दिएको छ। कोरोनाका कारण स्रोत खुम्चिएका बेलामा समेत समितिले कोरोनाका कारण क्षति भएको अर्थतन्त्रलाई गतिशिल बनाउन विस्तारकारी ल्याउनुपर्ने भन्दै १७ खर्बको बजेट ल्याउन सुझाब दिएको हो। तर त्यसका लागि आवश्यक स्रोत धान्न सक्ने अवस्था देखिँदैन्। उद्योग व्यवसाय ठप्प हुँदा राजस्वको स्रोत सुक्दै गएको छ भने अर्को वर्ष राजस्व बढोत्तरी हुने सम्भावना पनि कम देखिन्छ। चालु आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको हो। ‘कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिक लगायतका क्षेत्रलाई राहत समेत उपलब्ध गराउनुपर्ने अवस्था र विगत देखिका योजना कार्यक्रमलाई निरन्तर रुपमा संचालन…

Read More

कैलाली: भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपाल प्रवेश अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उनीहरु नेपाल प्रवेश गरेका हुन् । बुधबार राति ८५८ जना नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए । अहिले प्रवेश गरेका उनीहरुमध्ये ३४७ जनालाई धनगढीको नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको छ भने ५११ जनालाई भने बुधवार राति नै सम्बन्धित जिल्लाको स्थानीय निकायको जिम्मामा पठाएको उनले बताए । २५ जिल्लाका नागरिक बुधवार नेपाल प्रवेश गरेका हुन् । बाँकी रहेका व्यतिmलाई आज पठाउने काम भइरहेको उनले बताए । भारतबाट नेपाली आउने क्रम जारी रहेको र भारतको पलियास्थित क्वारेन्टाइनमा अझै…

Read More

काठमाडौं: कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए । नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न जिल्लाबाट नगर क्षेत्रमा आएका व्यक्तिको सो परीक्षण गरिएको उनले बताए । पोजेटिभ देखिएकाको पिसिआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । बुधबार नगरपालिकाको वडा नं २ प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ७ हेराल्ड कलेज, वडा नं ५…

Read More

काठमाडौँ: गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो निर्देशन दिएसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए । गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको…

Read More

काठमाडौं: मुलुकमा जारी लकडाउनका बीच पनि धनुषाको ढल्केबरमा निर्माणाधीन ४००/२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ। कोरोनाको कहरका बीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पालना गरी स्थानीय सरकार-प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको काम जारी राख्दै निर्माण अन्तिम चरणमा पुगेको हो। पूर्वपश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि निर्माण गरिएको ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित पहिलो सबस्टेसन हो। यहाँ रहने उपकरण जडान एवं परीक्षण र बाँकी रहेका सिभिल संरचनाको निर्माणमा नेपाल, भारत र चीनका प्राविधिक तथा गैरप्राविधिक गरी झण्डै ८० जनाको जनशक्ति खटिएको छ। यही असारभित्रमा सबस्टेसनको निर्माण…

Read More

काठमाडौं: एकै दिन विश्वभरका १ लाख ६ हजार मानिस कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । यो एकै दिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानम गेब्रेयेसुुसले बुधबार बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जनाएका छन् । नयाँ संक्रमितमध्ये दुई तिहाइ संक्रमित अमेरिका, रुस, ब्राजिल र भारतका छन् । डब्ल्यूएचओले बुधबार अहिले नै कोरोना भाइरस अन्त्य हुने दिशातर्फ अघि बढिरहेको छ भनेर नबुझ्न पनि सुझाव दिएको छ । जेनेभामा बोल्दै गेब्रेयेसुसले विकसित मुलुक कोरोना भाइरस नियन्त्रणमा आएसँगै लकडाउन खुकुलो पार्ने दिशामा अघि बढिरहेको अवस्थामा गरिब मुलुकमा यो महामारी तीव्र गतिमा…

Read More

काठमाडौं: कोरोना भाइरसको संक्रमण पुष्टि भएका गुल्मीका शिक्षकको मृत्यु भएको छ। रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भएका उनको आज विहान मृत्यु भएको प्रदेश ५ का स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल श्रेष्ठले जानकारी दिए। जेठ १ गते क्रिमसन अस्पतालमा उपचाररत उनमा उच्च ज्वरो नियन्त्रणमा नआएपछि अस्पतालले स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाएको थियो। परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको थियो। त्यसयता उनलाई भेन्टिलेटर सपोर्टमा आइसीयुमा उपचार भइरहेको थियो।

Read More

सउल: (रासस) : जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ । नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मङ्गलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती…

Read More

काठमाडौँ: नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको छ । बिहीबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य अस्पतालमा गरिएको परीक्षणबाट झापा जिल्लाको कचनकवल गाउँपालिका निवासी १८ देखि ४६ वर्षका १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै थपिएका संक्रमितमध्ये धनकुटाका ३४ वार्यीय एक जना पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले जनाए अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ…

Read More