Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफलमा भाग लिँदै देउवाले पूरानै असफल नीति तथा कार्यक्रम यसपटक पनि ल्याइएको बताए। ‘नीति तथा कार्यक्रममा आफ्नो प्रशंसा आफैं गरिएको छ,’ देउवाले भने, ‘विगतकै कतिपय नीति तथा कार्यक्रम दोहोरिएका छन्।’ उनले प्रधानमन्त्रीलाई पुन: विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्र गरे। ‘दुई वर्षका नीति तथा कार्यक्रम पुन: एकपटक पढ्न आग्रह गर्छु,’ देउवाले भने, ‘दुई वर्षका नीति तथा कार्यक्रम हेरेर सरकार आफैं लज्जित हुनुपर्ने अवस्था छ।’ पहिलेका नीति तथा कार्यक्रममा गौतमवुद्ध विमानस्थल…

Read More

काठमाडौँ: सरकारले लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ। सरकारले आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने उल्लेख गरेको थियो। नीति तथा कार्यक्रममा समेटिएकाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले बतायो। ‘नक्सा तयार भइसकेको छ। यसलाई कहिले लैजाने भन्ने मात्रै कुरा हो,’ मन्त्रालय स्रोतले भन्यो । आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ। आजकै बैठकबाट नयाँ नक्सा जारी गर्ने निर्णय हुन्छ कि हुन्न भन्ने एकिन छैन।

Read More

काठमाडौँ:चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागेको हो । नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिनुभयो । नगरपालिकामा हाल ४० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ । चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ श्ययाको रहेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टाइन विस्तार गर्न लागेको छ । हाल चन्द्रागिरिमा कोरोना सङ्क्रमित देखिएका व्यक्तिलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गरिँदै आएको छ ।…

Read More

काठमाडौँ: विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (१६ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभयो । मृत्यु हुनेमा ७७…

Read More

काभ्रेपलाञ्चोक: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो । ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने…

Read More

भद्रपुर: (रासस) : झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताउनुभयो । त्यसअघि नेपालीहरुले सो जग्गामा खेती गर्दै आएका थिए । भारतको विहार प्रान्तसँग सीमा जोडिएको सो स्थानमा रहेको १११ नं सीमास्तम्भ माओवादी द्वन्द्वका बेला हराएको थियो । सीमास्तम्भ हराएपछि भारतीय एसएसबीले नेपालीलाई सीमास्तम्भ उखेलेर लगेको बताउँदै २० बिघा जग्गा कब्जा गरेको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो । ‘नेपालको…

Read More

काठमाडौँ: अघिल्लो वर्षको तुलनामा यसपटक ३० प्रतिशत बढी राजस्व संकलनको महत्त्वाकांक्षा राखेको अर्थ मन्त्रालयलाई अर्को वर्ष कति राजस्व संकलन होला भन्ने अनुमान लगाउन हम्मे परेको छ । कोभिड–१९ को संक्रमण बढेपछि चालु वर्षकै राजस्व संकलनमा धक्का पुगेकाले थप असर कति पर्ने हो भन्ने पनि अनिश्चित भएको हो । त्यसैले स्रोतका साथै बजेटको आकार कत्रो बनाउने भन्ने पनि निश्चित छैन । ‘बजेटको मस्यौदा बनाइरहँदा दिन प्रतिदिन अंक घटाउँदै जानुपर्ने स्थितिमा छौं,’ कान्तिपुर दैनिकले शनिबार आयोजना गरेको बजेटसम्बन्धी ‘राउन्ड टेबल’ मा अर्थमन्त्री युवराज खतिवडाले भने, ‘एकातिर आवश्यकता बढ्दै गएको छ, अर्कातिर स्रोत खुम्चँदै गएको छ । अहिले यिनै विषय सन्तुलनमा ल्याउनु…

Read More

काठमाडौँ: कोरोनाले मृत्यु भएकी महिलाका श्रीमानले आफ्नो श्रीमती सुत्केरी बेथा अघि र बीचको समयमा सामान्य रहेको भएका छन्। उनले भनेका छन् काठमाडौँको गोंगबुमा बस्दा त्रिवि शिक्षण अस्पतालमा हामी दुवै हिंडेर श्रीमतीलाई प्रसुति वार्डमा भर्ना गरेको हौँ । कान्तिपुरका मकर श्रेष्ठसँग ती महिलाका श्रीमानले भनेको कुरा जस्ताको त्यस्तै : विवाह भएको १३ वर्ष भयो । मेरो घर र ससुराली सँगै हो । हाम्रो गोंगबुमा कोठा छ । यहीं तरकारी पसल गर्थ्यौं । पहिलो सन्तान छोरा ११ वर्ष भइसकेकाले दोस्रो सन्तानको योजना बनायौं । मुलुकमा लकडाउन सुरु भएपछि वरिपरिका सबैजसो गाउँ फर्कन थाले । हामी पनि जाने कि भन्ने…

Read More

काठमाडौँ: शनिबार दिउँसो कोरोना देखिएका दुई जना सैनिकमध्ये एक नेपाली सेनाका उच्च अधिकारी भएको खुलेको छ। नेपाली सेनाको मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत एक उच्च अधिकृतलाई कोरोना संक्रमण देखिएको उच्च स्रोतले बतायो। संक्रमित उच्च अधिकृत ५२ वर्षका छन्। उनीसँगै अर्का सैनिकलाई पनि कोरोना संक्रमण देखिएको हो जो २६ वर्षका हुन्। नेपाली सेनाले दुई जनालाई कोरोना भाइरस देखिएको भने पनि उनीहरूको दर्जा खुलाएको छैन। कोरोना संक्रमण भएका उच्च अधिकृतलाई सेनाको पृतनामै उच्च सतर्कताका साथ आइसोलेसनमा राखिएको छ। अर्का सैनिकलाई पनि आइसोलेसनमा राखिएको छ। नेपालमा कोरोना संक्रमित संख्या २८१ पुगेको छ भने एक जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको…

Read More

काठमाडौँ: कोरोना भाइरसका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको शनिबार मृत्यु भएको छ। संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन्। ९ दिने ती सुत्केरीको स्वाब नमूना दोहोर्याएर परीक्षण गर्दा पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको चिकित्सकले बताएका छन्। स्वास्थ्य मन्त्रालयले शनिबार राती मात्र उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट मृत्यु हुने उनी पहिलो नेपाली रहेको जनाएको छ। ती महिला काठमाडौंमा तरकारी व्यवसायी गर्दै आएकी थिइन। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चे घर भएकी उनी गर्भवती भएका कारण लकडाउनको बेला पनि नियमित जाँचका लागि काठमाडौंमै बसेकी थिइन। …

Read More