Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 12
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोरोनाले मृत्यु भएकी महिलाका श्रीमानले भने- अस्पतालमै पो संक्रमण भयो कि ?

    कोरोनाले मृत्यु भएकी महिलाका श्रीमानले भने- अस्पतालमै पो संक्रमण भयो कि ?

    पहिलोक्लिकपहिलोक्लिकMay 17, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: कोरोनाले मृत्यु भएकी महिलाका श्रीमानले आफ्नो श्रीमती सुत्केरी बेथा अघि र बीचको समयमा सामान्य रहेको भएका छन्। उनले भनेका छन् काठमाडौँको गोंगबुमा बस्दा त्रिवि शिक्षण अस्पतालमा हामी दुवै हिंडेर श्रीमतीलाई प्रसुति वार्डमा भर्ना गरेको हौँ ।

     

    कान्तिपुरका मकर श्रेष्ठसँग ती महिलाका श्रीमानले भनेको कुरा जस्ताको त्यस्तै :

     

    विवाह भएको १३ वर्ष भयो । मेरो घर र ससुराली सँगै हो । हाम्रो गोंगबुमा कोठा छ । यहीं तरकारी पसल गर्थ्यौं । पहिलो सन्तान छोरा ११ वर्ष भइसकेकाले दोस्रो सन्तानको योजना बनायौं ।

    मुलुकमा लकडाउन सुरु भएपछि वरिपरिका सबैजसो गाउँ फर्कन थाले । हामी पनि जाने कि भन्ने सल्लाह गर्‍यौं तर डाक्टरले सुत्केरी हुने मिति जेठ २२ लाई दिएको थियो । गाउँमा गएर पनि सुत्केरी हुन गाह्रो होला भनेर गएनौं ।

    डाक्टरले दिएको मितिभन्दा एक महिनाअघि वैशाख २३ मा श्रीमतीलाई सुत्केरी व्यथा लाग्यो । हामी वैशाख २३ मा टिचिङ अस्पताल गयौं । २४ गते बिहान ४ बजे सुत्केरी भइन् । छोरा जन्मियो । उनको अवस्था सामान्य थियो । २५ गते नै अस्पतालले डिस्चार्ज दियो । लकडाउनमा काठमाडौं बसेर स्याहार पुग्दैन भनेर हामीले घर जाने निधो गर्‍यौं । बाह्रबिसेबाट एम्बुलेन्स आएको रहेछ । त्यसमै जाने भयौं ।

     

    कोठामा गएर छोरालाई लिएर आयौं, कपडा पनि झिक्यौं । अस्पतालबाटै तयार भएर हामी घर गयौं । दोस्रो सन्तान शल्यक्रियाबिना भएकाले हामी खुसी थियौं । घरमा सुत्केरी भेट्न ससुरालीतिरका आफन्त पनि आए । खुसियाली साट्यौं ।

     

    वैशाख ३१ गते राति उनले सास फेर्न गाह्रो भयो भनिन् । जेठ १ गते बिहानै बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बोलेरो गाडीमा राखेर लगें । चिकित्सकले एक्सरे गरेर हेरे । छातीमा खराबी रहेकाले एन्टिबायोटिक चलाउनुपर्ने भएकाले सुत्केरीलाई जोखिम हुने भन्दै थप उपचार गर्न धुलिखेल वा काठमाडौं लैजान चिकित्सकले सुझाव दिए । तर तत्काल एम्बुलेन्स पाइएन । बेलुका ७ बजे एम्बुलेन्स आयो । धुलिखेल अस्पताल ल्याइपुर्‍याउँदा साढे ९ भइसकेको थियो । अस्पतालको गेटमा पुग्नेबित्तिकै उनलाई गाह्रो भयो ।

     

    अस्पतालभित्र लगेर चिकित्सकले हरप्रयास गरे । भेन्टिलेटर चलाए । पम्प दिए । तर बचाउन सकिएन भनेर डाक्टरले सुनाए । अस्पताल ल्याएको आधा घण्टामै उनको मृत्यु भयो ।

     

    ममी, बहिनी र म आएका थियौं । रातभरि रोएरै बस्यौं । आफन्तलाई उनको मृत्युको खबर सुनायौं । भोलिपल्ट हामीले उनको शव सद्गतका लागि लैजान खोज्यौं तर अस्पतालले कोरोना परीक्षण गर्ने भनेर लैजान दिएन । शुक्रबार पनि हामी दिनभरि शव लैजान कुर्‍यौं । अस्पताल प्रशासनले शनिबारसम्म रिपोर्ट आउने भएकाले पर्खन आग्रह गरेको थियो । हामीले आफन्तलाई त्यही जानकारी गरायौं ।

     

    शनिबार बिहान फेरि शव दिन अनुरोध गर्दा डाक्टरले हामीलाई थप सतर्क भएर, कसैलाई नछोई, छुट्टै बस्न आग्रह गरे । अस्पतालले नभने पनि श्रीमतीको मृत्यु कोरोनाले भएको हो कि भन्ने शंका लाग्यो । केही बेरपछि इमर्जेन्सी वरिपरि कसैलाई आउन दिएनन् । त्यसपछि उनको मृत्यु कोरोनाकै कारण भएको रहेछ भन्ने लाग्यो । अस्पतालमा केही कर्मचारीले मृत्युको कारण कोरोना भएको पनि सुनाए । त्यसपछि थप सतर्क भयौं । १० दिनको बच्चा स्वस्थ छ । उसलाई ल्याक्टोजिन खान दिइरहेका छौं । ठूलो छोरा गाउँमै छ ।

     

    उनीसँगको सम्बन्ध सम्झिरहेको छु । रुन्छु । मैले चिन्ता लिँदा आमा र बहिनीले पनि चिन्ता लिने भएकाले मन दह्रो बनाएर बसेको छु । अस्पतालले शनिबार दिउँसो १० दिनको छोरा र हाम्रो पनि स्वाब परीक्षणका लागि लगेको छ । रिपोर्ट के आउने हो ?

    कान्तिपुर दैनिकबाट

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.