Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीको विषयलाई लिएर संसद् अवरोध गर्न उपयुक्त नहुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान सदन नभएको बताए । विपक्षीले कुलमान घिसिङलाई हटाएकोबारे जवाफ मागेपछि आज सदनमा बोलेका प्रधानमन्त्रीले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्ड गर्ने व्यवस्था यसै सदनले गरेको छ। कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने हटाउन सक्छ। यो अहिलेको सरकारले मात्रै गरेको होइन।’

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै प्रतिनिधिसभा बैठक सुरु भएको छ । गत १३ चैतदेखि अवरुद्ध संसद् चल्नका लागि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षीहरूको माग थियो । सोही माग राखेर निरन्तर अवरोध भइरहेको संसद् बैठक सोमबारबाट चलेको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै चैत १५ गते राजावादीहरूले आपराधिक घटना गरेको भन्दै पूर्वराजाले पनि उन्मुक्ति नपाउने बताए। उनले भने, ‘आपराधिक घटनामा संलग्न कसैले उन्मुक्ति पाउँदैन। यसमा पूर्वराजाले पनि पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्षाहन गर्ने जनकमाण्डर, इतिहासले कुनमा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजन लुटपाट गर्ने व्यक्ति चुपचाप कसरी हुनसक्छ।’ उनले यो सबै घटनाको जिम्मेवार पूर्वराजा नै भएको दाबी गरे।

Read More

काठमाडौँ: नेपाली बजारमा सोमबार सुनको मूल्य १ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार १०० रुपैयाँ बढ्दै सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ: काठमाडौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोडमा ८० लाख बढीको क्षति भएको बताइएको छ। भाटभटेनीका सिओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ। राजावादी समूहले शुक्रबार गरेको प्रदर्शनकाबीच प्रदर्शनकारीहरूले भाटभटेनी प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए। त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन्। भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ। सिओओ पौडेलका अनुसार दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ। काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको उनले बताए। भाटभटेनीमा लुटपाट गर्ने समूहका ९…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक आन्दोलन र समसामयिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ सर्वदलीय बैठक बोलाएको बर्तौलाले जानकारी दिए । प्रमुख सचेतकहरूको बैठकमा प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले राखेका मागका विषयमा सम्बोधन गर्ने जानकारी गराएको सभामुख घिमिरेको सचिवाले जानकारी दिएको छ । सभामुखको सचिवालयका अनुसार संसद्…

Read More

काठमाडौं: स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका हुन् । मन्त्रालयको यस तयारीलाई अर्थ मन्त्रालयले सहमति समेत दिइसकेको छ । यसले स्वास्थ्य बीमा बोर्डलाई थप श्रोत प्राप्तिका लागि समेत बाटो खुलेको छ । हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको…

Read More

काठमाडौँ: उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले लगानीको वातावरण बनाएपनी अझै गर्नुपर्ने काम धेरै रहेको बताउनुभयो । माल्टामा जारि १६ औ युरोप क्षेत्रिय सम्मेलन लाई सम्बोधन गर्दै उहाँले भारत र चीनको उदाहरण दिदै लगानीका लागि राजनीतिक स्थायीत्व जरुरी रहेको बताउनुभयो । ‘अहिले सरकारको प्राथमिकतामा नितिगत सुधार गर्ने छ।हाम्रा कानुन धेरै बोझिला छन्।त्यसैले मिलाउन पर्ने धेरै छ।प्रणालीगत समस्यालाई सुधार्न भनेरै अध्यादेश ल्याइएको हो। उहाँले भन्नुभयो, ‘अब कुनैपनि फाइल अनुसारको काम गर्नलाई ७ दिन भन्दा धेरै लगाउन पाइदैन।काम नहुने रहेछ भनेपनि के कारणले भएन भनेर उपयुक्त जबाफ दिन पर्छ।’ उहाँले अब विदेशमै बसेर नेपालमा उद्योग दर्ता गर्न सकिने बताउनुभयो ।…

Read More

काठमाडौँ: नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। अघिल्लो दिन अर्थात् शुक्रबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ बढी हो। यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार…

Read More

काठमाडौं: म्यान्मारमा गएको विनाशकारी भूकम्पपछि मर्नेहरुको संख्या बढेर १६ सय नाघेको छ । उपकरणहरुको अभाव, सञ्चार नेटवर्कको समस्या तथा सडक, पुल भत्किएका कारण जीवित व्यक्तिको खोजीमा बाधा पुगेको छ । भूकम्पले देशको सबैभन्दा ठूलो शहर मांडलेको अधिकांश भाग तहसनहस गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्ताले १२ मध्यम खाले अपार्टमेन्ट उधिन्दा ३० घण्टापछि एक महिलालाई जीवितै उद्धार गरेका छन् । रेडक्रसका अनुसार अझै पनि ९० भन्दा बढी मानिसहरु त्यसरी फसेका छन् । नजिकैको बस्तीमा उद्धारकर्मीहरुले एक किन्डरगार्टनवाला भवनभित्र १२ प्रिस्कुल बच्चा तथा एक शिक्षकको शव भेटेका बताइएको छ । राष्ट्रसंघीय मानव सहायता एजेन्सीले सबैभन्दा ठूलो शहर यांगून, राजधानी पी ताव…

Read More