Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काभ्रेपलाञ्चोक: र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरसको सङ्क्रमण देखिएका काभ्रेका दुई युवाको थप परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको धुलिखेल अस्पतालमा बुधबार पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । दुवै युवा विदेशबाट घर फर्किएका हुन् । मङ्गलबार सङ्क्रमण देखिएपछि उनीहरुलाई थप परीक्षणका लागि सोही दिनदेखि धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँले भन्नुभयो “आज उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।” बेथानचोक गाउँपालिका–५ का २८ वर्षका युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुबईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३…

Read More

गुल्मी: बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ । बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणाधीन पक्की पुल दोस्रो पटक पुनः भत्किएको हो । अविरल वर्षाका कारण गत वर्ष ढलानकै क्रममा उक्त पुल भत्किएको थियो । भत्किएको उक्त पुलको आठ महिनापछि पुनःनिर्माण शुरु गरी चैत मसान्तमा तल्लो ढलान सम्पन गरिएको थियो । बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । तीन वर्षअघि सङ्घीय सरकारको रु पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत…

Read More

लण्डन: बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिनुभयो । स्जाङजा स्थायी घर भई केही वर्ष पोखरा लेकसाइड बसाइँ सरेका श्रेष्ठ हाल लण्डनमा हुनुहुन्थ्यो । गत दुई हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका श्रेष्ठलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि कुनै सुधार नभएको बरालले बताउनुभयो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली १० पुगेका छन् । ती मध्ये सात पूर्व…

Read More

सप्तरी: कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका सप्तरीका दुई जनाको पीसिआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार गरिएको स्वाब परीक्षण नेगेटिभ आएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट सहभागी भई फर्किएका सात जनाको मङ्गलबार राति राजविराजस्थित अस्पतालले आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । सप्तरीको तिलाठी कोइलाडी–१ तिलाठी र खडक नगरपालिका–११ बनौलीका जमातीहरुको पीसिआर विधिबाट भएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुको स्वाब पीसीआर विधिबाट…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविरकै शैलीमा समुदाय समक्ष पुग्नुपर्ने बताएका हुन्। ‘परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पुर्‍याउन अनिवार्य भएको छ। अतः गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल सुरू गर्न तीनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न कांग्रेस अपील गर्दछ’ शर्माले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

Read More

काठमाडौं: पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो । ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

Read More

काठमाडौं: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिमी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमका केही भू–भाग पूर्ण वदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा भईरहेको छ र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राती देशको पहाडी भू–भागमा आंशिक…

Read More

काठमाडौँ: विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने ईच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहाना राखेका छन् । हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन्…

Read More

काठमाडौं: संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुथ्रेसले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै गुथ्रेसको यस्तो भनाइ आएको हो । मंगलबार गुथ्रेसका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिमा उनले कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेको अवस्थामा डब्लुएचओको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन् । विश्व अहिले महामारीमा रहेको अवस्थामा डब्लुएचओ वा अन्य कुनै मानवीय संस्थाको स्रोत साधन कटौती गर्ने समय नरहेको उनको भनाइ छ । कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने कुरा बुझ्न केही समय लाग्ने भन्दै गुथ्रेसले डब्लुएचओको बचाउ गरे…

Read More

सप्तरी: दिल्लीबाट फर्केका दुई जना जमातीमा र्‍यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल गरिएको छ । बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । अब यो दुई स्थानीय तहका व्यक्ति घर बाहिर अथवा भित्र जान सक्दैनन् । प्रशासकीय अधिकृत आनन्द ठाकुरले यी दुबै वडाका १/१ व्यक्तिको र्‍यापिड परीक्षणका क्रममा पोजेटिभ देखिएपछि दुबैलाई सिल गर्ने निर्णय भएको जानकारी दिए । यस्तै, र्‍यापिड टेस्टका क्रममा पोजेटिभ देखिएकाको पारिवारिक सदस्यको समेत र्‍यापिड टेस्ट गरिने तथा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ…

Read More