काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविरकै शैलीमा समुदाय समक्ष पुग्नुपर्ने बताएका हुन्।
‘परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पुर्याउन अनिवार्य भएको छ। अतः गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल सुरू गर्न तीनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न कांग्रेस अपील गर्दछ’ शर्माले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments Box
