Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: विश्व बैंकले नेपाललाई दुई करोड ९० लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार करीब साढे ३ अर्ब रुपैंया) ऋण सहयोग गरेको छ । बैंकले द्रुतमार्गबाट उपलब्ध गराएको यो सहुलियतपूर्ण ऋण पूर्ण रुपमा कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि प्रयोग गरिनुपर्ने बताइएको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच मंगलबार यो ऋण सम्झौता भएको हो । सम्झौतापत्रमा विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हदाद जेरभोस र नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिर कुमार ढुङ्गानाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार, यो रकम कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद, आइसोलेसन बेड, विश्व स्वास्थ्य संगठनले तयार गरेको ट्रयाकिङ एप विकास लगायतमा प्रयोग हुनुपर्नेछ । यसको…

Read More

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । त्यस्तै ७ हजार ३४१ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । अहिले १० लाख ४६ हजार ३०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ४७ हजार ९१२ जनाको अवस्था गम्भीर छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका २०९ देशमा पुगेको छ…

Read More

काठमाडौँ: कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहान साढे २ महिनापछि लकडाउनमुक्त भएको छ । लकडाउन खुल्ला भएसँगै वुहानको जनजीवन सामान्य बन्दै जान थालेको छ भने वुहानमा ७६ दिनदेखि घरभित्रै रहन बाध्य भएका मानिसहरु गन्तब्यसम्म जाने तयारीमा जुटेका छन् । बुधबार मात्रै ५५ हजार भन्दा बढी यात्रुले रेल मार्फत वुहान शहर छोड्ने अनुमान गरिएको छ। बुधबारदेखि रेलवे तथा विमान सेवा सुचारु भएका छन् । यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् । १ करोड १० लाख मानिसको बसोबास रहेको वुहान कोरोना भाइरसको महामारी फैलिएपछि गत जनवरी २३ देखि लकडाउनमा थियो । वुहानमा मात्रै कोरोना भाइरुसका कारण २५ सय भन्दा बढीको मृत्यु…

Read More

एजेन्सी:कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।

Read More

काठमाडौं: प्रायः एकदेखि दुई घण्टामा सकिने नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक मंगलबार साढे चार घण्टा बस्यो । तर बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । लामो समयपछि बसेको बैठकमा कोरोना संक्रमण नियन्त्रणमा सरकारले गरेको प्रयास तथा त्यसक्रममा औषधि उपकरण खरिदका विषयमा छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलेमात्रै करिव दुई घण्टा सरकारले गरेका काम र भएको प्रगतिबारे व्रिफिङ गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले १ घण्टा ब्रिफिङ गरेका थिए । बाँकी १ घण्टा अन्य सदस्यले बोल्दा बैठक लम्बिएको एक सचिवालय सदस्यले बताए । त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले…

Read More

काठमाडौँ: काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ७६ महिला सहित १५ सय ९५ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ५ सय १० वटा दुई पाङ्ग्रे र ३५ वटा चारपाङग्रे गरी ५ सय ४५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय…

Read More

काठमाडौँ: प्रहरीले मंगलबार बिहान एक प्रतिष्ठित व्यापारीक घराना शंकर समुहका कार्यकारी निर्देशक सुलभ अगरवाललाई जोरो नाप्ने यन्त्र (थर्मल गन) कालोबजारी गरी बेचेको आरोपमा रंगेहात पक्राउ गरेको छ । ‘तपाईंसँग ज्वरो नाप्‍ने थर्मल गन छ भन्ने सुन्यौं, हामीलाई चाहिएको छ, १ सय थान जति मिलाइदिनु पर्‍यो,’ शनिबार सुलभ अग्रवालसँग एक अपरिचित व्यक्तिले फोन गरे । त्यसपछि सुलभले फोन गर्ने ग्राहकलाई हुन्छ, प्रतिपिस १६ हजार पर्छ भने। ग्राहकले त्यत्रो त महंगो भयो, अलि मिलाइदिनुस् भन्दै आग्रह गरे। त्यसपछि सुलभले १५ हजारमा कुरा मिलाए। ती ग्राहक एक्लैले सय सिप थर्मल गन मागेपछि त्यसको जोहो गर्दै सुलभले मंगलबार बिहान उपलव्ध गराउने वचन दिए।…

Read More

काठमाडौँ: सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज सो रकम जम्मा गरिएको हो । कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान रु ६७ हजार ३२० जम्मा गर्नुभएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले रु ७० हजार ७३० जम्मा गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका तर्फबाट १९५ जना सांसदको रु ६३ लाख दुई हजार ५९० कोषमा जम्मा गरिएको छ । सङ्घीय समाजवादी फोरमका सांसद प्रदीप यादवको रु…

Read More

काठमाडौं: प्रमुख विपक्षी नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा सरकार पूर्ण गम्भीर नदेखिको निष्कर्ष निकालेको छ । लकडाउन गरेपछि पहिलोपटक मंगलबार पार्टी समापति शेरहादुर देउवाको निवास बूदानीकण्ठमा बसेको काँग्रेस पदाधिकारीको बैठकले यस्तो अवस्थामा पनि सरकार मनमौजी तरिकारले अगाडि बढेको निष्कर्ष निकालेको हो । काँग्रेस राष्ट्रिय सहमतिका साथअगाडि बढ्न तयार रहे पनि प्रधानमन्त्री केपी ओलीबाट त्यसको प्रत्यन नगएको जिकिर गरेको छ ।यतिबेला सबैको सहयोग लिन सरकारले सकेन अहिलेको चुनौती सामाना गर्न सकिने काँग्रेसको ठहर छ । बैठकमा सहभागी काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले मुलुक र जनतालाई बचाउन सरकारले सबै राजनीतिक दल र सरोकारवालालाई विश्वासमा लिएर नसकेकोमा छलफल भएको…

Read More

काठमाडौँ: लक डाउनलाई थप कडा बनाउन ट्राफिक प्रहरीले चक्रपथलगायत राजधानीका विभिन्न सडकमा तगारो राखेको छ। मंगलबार बिहानदेखि चक्रपथको मुख्य लेन र अरू सडकका १५२ ठाउँमा तगारो राखिएको ट्राफिक प्रहरीले जनाएको छ। मुख्य लेनमा तगारो राखिए पनि सर्भिस लेन भने खुलै राखिएको छ। यसैबीच मंगलबारमात्रै लक डाउन उल्लंघन गर्ने ५३६ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि देशव्यापी लक डाउन गरेको छ। सुरूमा चैत १८ सम्म गरिएको लक डाउन अहिले बढाएर वैशाख ३ गतेसम्म पुर्‍याइएको छ।

Read More