Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिसनतन्त्र चलाइरहेको आरोप लगाएका छन् । पार्टीको गौरीशङ्कर गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रलाई विकास विरोधी,अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले उसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गरेका हुन् । नेता गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दाबी समेत गरे । विकासको नाममा कमिसनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उनको भनाई थियो । नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास…

Read More

काठमाडौँ: आगामी मंसिर १६ गते कीर्तिपुरको मेयरका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले कृष्णमान डंगोलाई उम्मेदवार बनाउने भएको छ। शनिबार बसेको नेपाली कांग्रेसको बागमती प्रदेश समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पालिकाबाट १४ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पुगेको थियो। प्रदेश समितिले डंगोलाई नै उम्मेदवार बनाउने निर्णय लियो। उनी नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापति समेत हुन्। २०७९ को चुनावमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए। उनको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो। दोस्रो एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाएका थिए भने माओवादीका शिवशरण मर्हनले ४०९० मत ल्याएका थिए। कांग्रेसले मेयर र उपमेयर मात्रै…

Read More

काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, संघीय सरकार वा प्रदेश सरकारका निकाय र पदाधिकारी, स्थानीय कार्यपालिका र त्यसका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई…

Read More

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ ।राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् । विभाकका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बिमातर्फ नविल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् । यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल,…

Read More

काठमाडौँ: डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो । योसँगै काठमाडौँ र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

Read More

काठमाडौँ:नेपाल प्रिमियर लिग(एनपिएल)का खेलहरू भारतीय चर्चित स्पोर्टस च्यानल स्टार स्पोर्ट्सबाट प्रशारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत एनपिएलको ब्रोडकास्टिङ पार्टनर स्टार स्पोर्ट्स रहेको घोषणा गरेको हो । स्टार स्पोर्टसमा एनपिएल प्रत्यक्ष प्रशारण गरेर नेपाली क्रिकेटलाई गुणस्तरीय प्रबिधिबाट दर्शकसामू पस्किने र अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍याउने लक्ष्य क्यानले लिएको छ । स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) लगायतका ठुला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको पनि प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

Read More

काठमाडौँ: दक्षिण एसियामा पहिलोपटक त्रिदेशीय विद्युत् व्यापार सुरु भएको छ। दक्षिण एसियाली मुलुकमा दुईपक्षीय विद्युत् व्यापार भइराखेकामा पहिलोपटक त्रिदेशीय व्यापार सुरु भएको हो। दक्षिण एसियामै नेपाल–भारत, बंगलादेश–भारत, भुटान–भारतबीच ऊर्जा व्यापार भइरहेको थियो। जलविद्युतमा बढी सम्भावना भएको नेपालबाट भारत र बंगलादेश निर्यात सुरु भएको छ। यो वर्ष सांकेतिक रुपमा १ दिन मात्रै निर्यात भए पनि असारदेखि कात्तिकसम्म हरेक वर्ष निर्यात हुनेछ। भूपरिवेष्ठित राष्ट्र नेपालले भारतीय पूर्वाधार प्रयोग गर्दै बंगलादेशमा विद्युत् निर्यात गरेको छ। ऊर्जा मन्त्रालयको आयोजनामा परराष्ट्र मन्त्रालयमा भएको भर्चुअल उद्घाटन समारोहमा नेपालतर्फ ऊर्जामन्त्री दीपक खड्का, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए। तीनै देशका ऊर्जामन्त्रीले संयुक्त रुपमा निर्यातको उद्घाटन…

Read More

काठमाडौँ:ललितपुरका विभिन्न क्षेत्रमा महामारीजन्य रोग अफ्रिकन स्वाइन फिवर देखापरेको छ। पछिल्ला केही दिनमै ७० वटा बंगुर/सुँगुर मरेको र धेरै बिरामी रहेको पाइएको छ। महानगर पशु सेवा शाखाका अनुसार नख्खु करिडोरको एक कृषि फर्ममा मरेका बंगुरको नमुना परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाएको थियो। ललितपुर महानगरपालिकाले वडा नं २२ चुनिखेल, नख्खु करिडोरमा बंगुर/सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिवर पुष्टि भएको जनाएको छ। कात्तिक २५ गते केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर परीक्षण रिपोर्टबाट यो रोग पुष्टि भएको हुँदा महानगर क्षेत्रभित्रका विभिन्न स्थानहरूमा पालिएका बंगुर/सुँगुर पालक कृषक/व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरपालिकाले भनेको छ। महानगरपालिकाले सतर्कताका…

Read More

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको हो । उनलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ । राजधानीको गौशालामा काठमाडौँ महानगरपालिकाको प्रहरी बल र स्थानीयबिच तनावको स्थिति सिर्जना भएको छ । फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि तनावको अवस्था निम्तिएको हो। अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गर्दा सामान्य धकेलाधकेलका स्थिति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सो क्रममा स्थानीयले अदालतले आदेश विपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।

Read More