Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा आज दशरथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गरे । “आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यवहारिक रूपमा…
काठमाडौँ: पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । महासङ्घ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै यही पौष १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। ‘चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात गरी प्रर्दशनी…
काठमाडौँ:विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गते गरेको फैसलाको पूर्णपाठमा जलहरीका सन्दर्भमा तीन जनालाई मुद्दा दायर गर्ने कार्य पूर्वाग्रही भएको फैसला गरेको हो । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते दायर गरेको रिटमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै नेपाली सेनासहित सुरक्षा निकायको घेराभित्र निर्माण गरिएको जलहरीमा कुनै किसिमको अनियमितता हुने अवस्था नदेखिएको ठहर गरेको हो । ‘मिति २०८० असार २१ गतेको मुचुल्कामा उल्लिखित ६२३ ग्राम सुनको…
काठमाडौँ: सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। उनका अनुसार राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरिएको हो। यस्तै बैठकले शिक्षक सेवा आयोगको एक महिलासहित दुई जना सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्न पनि समिति गठन गरेको छ। लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको उक्त समिति गठन गर्ने निर्णय गरेको…
काठमाडौँ: चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ। क्षेत्रीय होटल संघ चितवनको आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव सुरु भएको हो। महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन्। रत्ननगर नगरपालिका संरक्षक रहेको महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए। महोत्सवको अवसर पारेर व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। व्यवसायीहरूले पुस १० देखि १६ गतेसम्म सौराहाका होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएकाे जनाएका छन्। महोत्सवमा हात्तीको श्रृंगार,…
काठमाडौँ: सरकारले राष्ट्रिय सहकारी बोर्ड खारेज गर्ने निर्णय गरेको छ। त्यस्तै सहकारीहरुको नियमनका लागि आयोग गठन गर्ने लगायतका व्यवस्था भएको अध्यादेश समेत सरकारले जारी गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यी लगायत १२ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार जानकारी दिए। सरकारले गरेको निर्णयहरु यस्ता छन्ः१.सम्पती शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपच नलिई क्यासिनो सञ्चालनलाई संंवद्ध कसूर तोक्ने। २.नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको…
काठमाडौँ:शुक्रबार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकाले शनिबारसम्म देशका धेरै स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। महाशाखाले बिहीबार हिउँदे मौसमको विशेष बुलेटिन-२ जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि देशका धेरै स्थानमा मौसम बदली भई वर्षा र हिमपात सुरु हुने जानकारी दिएको हो। बुलेटिनमा भनिएको छ: सो प्रणालीको प्रभावका कारण मिति २०८१ पुस १२ गते (शुक्रबार) अपराह्नदेखि मिति २०८१ पुस १३ गते (शनिबार) सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश…
काठमाडौँ: सरकारले मानसरोवर पदयात्रा खुलाउनेगरी भारत र चीनले गरेको सम्झौता नेपालले चिन्ता लिनुपर्ने खालको नभएको निष्कर्ष निकालेको छ। बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले त्यसले नेपालको सार्वभौमिकतालाई असर नगर्ने बताए। ‘हाम्रो सार्वभौमिकता, हाम्रो जुन नसक्सा छ, त्यसलाई प्रभाव ढंगले गरेको होइन,’ उनले भने, ‘त्यो उनीहरुको पहिलेदेखिकै टेक्निकल कुरा हो।’ यसबारे मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएर यो चिन्ता लिनुपर्ने खालको सम्झौता नभएको निष्कर्ष निकालेकाे गुरुङले सुनाए। ‘यसबारे क्याबिनेटमा लामो छलफल भयो,’ उनले भने, ‘निष्कर्ष के निस्केको छ भने हामीले चिन्ता लिनुपर्ने ढंगले, हाम्रो सार्वभौमिकतामाथि प्रश्न उठ्ने ढंगले त्यो सम्झौता भएको होइन। त्यसकारण हामीले चिन्ता लिनुपर्दैन।’ एक हप्ताअघि…
काठमाडौँ: कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरिएको भएको छ। केन्द्रीय बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकबाट राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गरेको हो। बैंकको व्यवस्थापनमा कैफियत देखिएको तथा खराबकर्जा ४१ प्रतिशतमथि पुगेको भन्दै राष्ट्र बैंकले यसअघि बैंकलाई समस्याग्रस्त उन्मुख घोषणा गरेको थियो। बुधबारको सञ्चालक समितिले बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि सोही ऐनको दफा ८६ को (ग) अन्तर्गत रहेर बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको छ। योसँगै उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको गभर्नरको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका…
काठमाडौँ: सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड खारेज गर्दै समग्र सहकारी संस्थाहरुको नियमनको लागि नियमन आयोग गठन गर्न अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समग्र सहकारीहरुको नियमनका लागि नियमन आयोग गठन गर्न अध्यादेश ल्याउने र बोर्ड खारेज गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तमू(गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। अध्यादेशमा आयोगको अध्यक्ष, सचिव र अन्य सदस्यबारे व्यवस्था गरिएको छ। राष्ट्रपतिले अध्यादेश जारी गरेर राजपत्रमा प्रकाशित भएपछि त्यो कार्यान्वयनमा आउनेछ। मन्त्री…