Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । वागमती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला हाललाई स्थगित भएको छ । सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई अनुमति दिएकाले फैसला कार्यान्वयन नहुने भएको हो । खोला किनाराको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्न सर्वोच्च अदालतले २०८० पुस ३ गते फैसला गरेको थियो । सोही फैसलाउपर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पुनरावलोकनको निवेदनमा दर्ता गरेको गरेको थियो । सर्वोच्चले पुनरावलोकनको अनुमति दिएकाले उक्त पुनरावलोकन सम्बन्धी निवेदनको अन्तिम किनारा नभएसम्म मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २३१ बमोजिम उक्त फैसला कार्यान्वयन स्थगन गर्न काठमाडौं उपत्यकास्थित सरकारी…

Read More

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले उनी तत्काल भने छुट्‍ने छैनन् । यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो

Read More

काठमाडौँ: नेपालका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज बिहान आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्। कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा सिग्देललाई ‘सुप्रबल जनसेवाश्री महारथी’ भनी सम्बोधन गरिएको थियो। नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा छ। यो प्रथा नेपाल र भारतबीच सन् १९५० देखि जारी छ। भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ गते भारत प्रस्थान…

Read More

काठमाडौँ:काठमाडौँको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण गरिएको छ। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको उद्घाटन गरेका छन्। ११ मिटर लामो उक्त कलभर्ट भत्किँदा काठमाडौँ महानगरपालिकानजिकैको सडकमा भ्वाङ परेको थियो। यसले व्यस्त सडक खण्ड मानिएको कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो। व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए। काठमाडौँ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो। त्यसपछि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिकहरू परिचालन गरी विस्तृत अध्ययन गराएको थियो। प्राविधिक तथा…

Read More

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले शेयरधनीलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात् कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्ध पत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको…

Read More

जाजरकोट: जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोट बोलेरो जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ। गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी प्रमुख हरिराम डाँगीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको हो। दुर्घटनामा चालक इन्द्रजित थापासँगै शारदा थापा, शिला पुन र लक्ष्मी पुन र लक्ष्मी पुनको छोराको मृत्यु भएको डाँगीको भनाइ छ। उनका अनुसार जिप बाँसकोट भन्ने स्थानको मोडबाट करिब आठ सय मिटर तल खोलामा खसेको छ। जिपमा सात जना सवार रहेको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ। घाइतेको अवस्था…

Read More

काठमाडौँ: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन जोड्यो। विराटनगरका लागि डेब्यू गरेका स्कट इडवार्डले सर्वाधिक ४५ रन जोडे। डच कप्तान इडवार्डले एनपिएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे। उनलाई पोखराका कप्तान कुशल भुर्तेलले १९औं ओभरमा एलबिडब्लूको धरापमा पारे। त्यसअघि ओपनर लोकेश बमले २६ रन जोडे। पावरप्लेको अन्तिम बलमा रेमन्ड राइफरको बलमा क्याच हुनुअघि उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मार्टिन गप्टिल भने ५ रनमै…

Read More

काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवार बनेका रमेश विष्टसहित १३ जनालाई निष्कासित गरेको छ। संगठनको निर्णय विपरित माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरसहित अन्य संगठनको समर्थनमा अध्यक्षमा उम्मेदवार बनेपछि विष्टलाई युनियनले कारवाही गरेको हो। निष्काशित हुनेहरुमा विष्टसहित विकास कार्की, श्वीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा, मिन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खडका र धुब रावल रहेका छन्।

Read More

काठमाडौँ:नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सीआरएलएलपी) कार्यान्वयनका लागि र२१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। आज अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडीबीले १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ । त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि एक अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण रु दुई अर्ब ९७ करोड (२२ मिलियन अमेरिकी डलर) अनुदान सम्झौता भएको हो।…

Read More

काठमाडौँ:नेपाल प्रिमियर लिगबाट लुम्बिनी लायन्स बाहिरिएको छ। काठमान्डु गुर्खाजसँग हारेसँगै लुम्बिनीको प्लेअफमा पुग्ने सम्भावना सकिएको हो। हारेको लुम्बिनीको ६ खेलबाट २ अंक मात्रै हुँदा जितेको काठमान्डुको ४ खेलबाट ४ अंक भएको छ। लुम्बिनीले अब अन्तिम खेल जिते पनि प्लेअफ पुग्ने सम्भावना छैन। प्लेअफ सम्भावना जीवितै राख्न काठमान्डुका कप्तान करण केसीले टस जितेर रोजेको ब्याटिङ सही साबित भयो। काठमान्डुले पहिले ब्याटिङ गर्दै सबै विकेट क्षतिमा १०३ रन मात्र जोडेपछि सामान्य लक्ष्य पछ्याए पनि लुम्बिनीको पनि ब्याटिङ चलेन। लुम्बिनीका नटआउट रहेका सूर्य तामाङले ११ (१४) रन बनाए। यसबाहेक अभिशेष गौतम ० (१), रेमन साइमन्ड ० (२), विवेक यादव २ (८), साद बिन…

Read More