Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र…
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई जितका लागि विराटनगर किंग्सले १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १ सय २७ रन बनाउँदा अलआउट भयो। विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रनको योगदान दिए। उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। गप्टिल १४औँ ओभरको अन्तिम बलमा हर्ष ठाकेरको बलमा अनिल शाहको हातबाट क्याच आउट भए। गप्टिलले १३औँ ओभरको पहिलो बलमा बेन माइकलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो।…
काठमाडौँ: नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) देखि काठमाडौँमा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ। उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुँदै छन्। एनपीएल खेल्न उत्साहित ८ टिम, क्याप्टेनहरू भन्छन्- विश्वले खेल हेर्छ, क्षमता देखाउने अवसर छ खेल सुरुअघि उद्घाटन समारोह हुनेछ। एनपीएलको ट्रफी भने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसकेका छन्। उद्घाटन खेलका लागि सबै १० हजार टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। जसको दर साधारणतर्फ ३ सय र भीआइपीतर्फ ७ सय…
काठमाडौँ:मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज देशैभरिका शिवालयहरुमा शतबीज छरिँदै छ। काठमाडौँको पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ। पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ। रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्। त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्। यस अवसरमा पशुपतिनाथ…
काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौँमा आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा आज बिहानदेखि लामिछानेको बयान लिइएको थियो । आइतबार बयानलाई निरन्तरता दिनेगरी आजको लागि बयान सकिएको बताइएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो । उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो ।
काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए । श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए । न्यूथन रन्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले २-२ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए…
काठमाडौँ:कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मानव तस्करी र कीर्तेको कसुरमा प्रहरीले मुद्दा चलाउन राय दिएपनि सरकारी वकिल कार्यालयले उन्मुक्ती दिएको भन्दै शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनीविरुद्ध रिट दर्ता गरेका हुन्। रिटमा अधिकारीलाई मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी अभियोग पत्र दायर गर्न आदेश दिन माग गरेका छन्। अधिकारीलाई उन्मुक्ती दिने सरकारी वकिल कार्यालयको निर्णय बदनीयतपूर्ण एवं स्वेच्छाचारी रहेकाले तत्काल बदर गर्नु पर्ने निवेदकको माग छ। अधिकारीलाई तत्काल पक्राऊ गरी कानुनी दायरामा ल्याउन त्रिपाठीले माग गरेका छन्। अधिकारीसँगै जापान पुगेका तीन…
काठमाडौं । उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्काल नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु टंकप्रसाद गुरुङ र टिकाराम आचार्यको इजलासले पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच २२ असोज २०८१ मा भएको सहमति तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । महानगरपालिका र कोषविच धर्मशालाबाट मारवाडी सेवा समिति हटाएर व्यवस्थित गर्ने समझदारी भएको थियो । जिल्ला अदालतबाट पशुपति क्षेत्र विकास कोषको पक्षमा फैसला आएको भएपनि त्यसविरुद्ध आफूहरु उच्च अदालतमा जाने बाटो बाँकी नै रहेको अवस्थामा हटाउने निर्णय भएको भन्दै मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो । उच्च अदालत पाटनले महानगरपालिका र कोषबीचको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण दलमा ३९ जना सरकारी अधिकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति सहभागी हुनेछन् । त्यसअघि उनको चीन भ्रमणको तयारीका लागि आज परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन गएकी छन् ।
काठमाडौँ:लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो। यसैगरी बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट बढाएर आठ सय मेगावाट…